विद्यालयजस्तै नलाग्ने विद्यालयको पीडा, कक्षाकोठाबाटै सुर्य उदाएको देखिन्छ

विद्यालयजस्तै नलाग्ने विद्यालयको पीडा, कक्षाकोठाबाटै सुर्य उदाएको देखिन्छ

सुर्खेत : चारैतिर गाउँ। गाउँको बिचैमा सुर्योदय आधारभुत विद्यालय । ठाटीकाँध गाउँपालिका-१ नदाईमा अवस्थित यो विद्यालयका विद्यार्थीले कक्षाकाेठाबाटै सुर्य उदाएको देख्छन् । यहाँ अध्यनरत विद्यार्थीले चम्किलो सुर्य उदाएको देख्छन् तर, तिनै विद्यार्थीको भविष्य अन्धकारतिर छ । न त बालमैत्री बाताबरण छ । नत राम्रो शिक्षा नै पाएका छन् । २०६६ सालमा स्थापना भएको यो विद्यालयमा २०६९ मा हावाहुरीले टिनको पाता उडापछि हालसम्म विद्यालय मर्मत हुन सकेकेको छैन । शिक्षक, विद्यार्थी कक्षाकोठा प्रवेश गरेपछि सहजै आकाशमा चम्केको सुर्य देखिन्छ ।

टिनको पाता उडाएको दश वर्ष बित्यो, मर्मत पाएन

विद्यालयको टिनको पाता उडाएको दश वर्ष बित्यो । नेताहरुकै दैलोमा रहेको यो विद्यालयले मर्मत पाएन । ठाटीकाँध गाउँपालिकामा जनप्रनितिधि निर्वाचित भएर आएको पाँच वर्ष पुग्दा समेत नजिकको तीर्थ हेला भनेजस्तै भएकाे छ । पालिकाको दैलोबाट देखिने यो विद्यालयले पुर्वाधार निर्माणमा सहयाेग नपाएको विद्यालयका  प्रधानाध्यापक भुमिसुधा विक बताउँछिन् । विद्यालयमा टिनको पाता र भवनका लागि पालिका देखि प्रदेश धाएँ,’उनले भनिन्, ‘धेरै पटक पालिका प्रदेश धाएर पनि असफल भएँ ।’

बालशिक्षा देखि तीन कक्षासम्म पढाइ सुर्योदय आधारभूत विद्यालय नदाईमा एकसय तीनजना विद्यार्थी अध्यनरत छन् । बालशिक्षा १६, एक कक्षामा ४७,  दुइ  कक्षामा २८ जना र तीन कक्षामा १५ जना अध्यनरत रहेका छन् ।

विद्यालयमा भवनको अभाव रहेको पालिकाबाट भवनभन्दा पनि टिनका पातासमेत नपाएको विद्यालयकि प्रधानाध्यापक भुमिसुधा विकको भनाई छ । विद्यालयको भवन नपाए पनि माथि हेर्दा छर्लङ्ग देखिने आकाश ढाक्न हुन्थ्यो,’उनले भनिन्, ‘पाँच वर्षसम्म भवन त परको कुरा टिनको पातासमेत पाइएन । विद्यार्थी शिक्षकले आकाश हेर्दै पढ्न पढाउन परेको छ ।’

भवनको कारणले आफुले सोचेको जस्तो विद्यालय बनाउन नसकेको प्रधानाध्यापक विकले बताइन् । विद्यालयमा शिक्षकको लागि दरबन्दी छैन । एकजना बालशिक्षा र दुइजना गाउँपालिकाको अनुदानबाट गरी तीनजना शिक्षकले विद्यालय चलेको छ । विद्यालयका लागि विद्यालयमा पिउने पानीका धारा जडान गरिएका थिए विद्यालयमा जडान गरिएका धाराका टुटीसमेत चोरी भएको उनको विकको भनाई छ ।

गङ्गालाल आधारभूत विद्यालय, अवस्था उस्तै

ठाटीकाँध गाउँपालिका -१ कोसेडी स्थित गङ्गालाल आधारभुत विद्यालयको अवस्था पनि सुर्योदय आधारभुत विद्यालय जस्तै दयनीय छ । पुराना खिया लागेका टिनका पाता । बिचबिचमा प्वाल । विद्यालयको प्राङ्गणमैबाट मोटरबाटो । र वरिपरि दारे भीर र पहाडको टुप्पोमा अवस्थित गङ्गालाल आधारभुत विद्यालयको अवस्था दयनीय रहेको छ । विद्यालय संचालन भइरहेको समयमै विद्यालय क्षेत्रबाटै सवारीसाधन हुँइकिन्छन् ।

कक्षा कोठामा ध्यानसँग पढ्नलाई बालबालिकालाई पढ्नसक्ने बालमैत्री बतावरण छैन । विद्यालयमा बस्ने डेस्क बेञ्च छैन । २०६३ सालमा स्थापना भएको यो विद्यालय स्थानीय तहको दैलो मै छ । तर स्थानीय सरकारले सौतेनी व्यवहार गरेको गङ्गालाल आधारभुत विद्यालय कोसेडीका विद्यालय व्यवस्थापन समिति अध्यक्ष दिपेन्द्र बम बताए । स्थानीय सरकार आएको पाँच वर्ष वित्यो,’उनले भने, ‘पाँच वर्षसम्म सिधा नजरले हेरेन ।’

२०६३ सालमा स्थापना भएको गङ्गालाल आधारभुत विद्यालयमा एकसय १५ जना विद्यार्थी अध्यनरत छन् । बालविकास देखि पाँच कक्षासम्म एकसय १५ जनालाइ बस्ने १५ वटा डेस्क बेन्च छन् । त्यही पनि पुरानो मर्मत गरेका डेस्क । विद्यालयको अवस्था जिर्ण रहेको छ ।
विद्यालयको हाताभित्रबाट सडक जादा पनि नियमन निकाय भने बेखबर छ । विद्यालयको विषयमा कुरा गर्दा अध्यक्षसँग कुरा गार्दा सडकनै उपयुक्त रहेको अध्यक्षले बताएको अध्यक्ष बलमे बताए । आफुले अध्यक्षसँग धेरैपटक कुरा गरिसके,’उनले भने,‘अध्यक्षले उल्टै विद्यालय भन्दा सडकनै उपयुक्त रहेको बताउनुभयो ।’

शिक्षामा बजेट छुट्याउन पालिकाद्धारा आनाकानी

शिक्षा क्षेत्रका लागि पालिकालाई बजेट छुट्याउन आग्रह गर्दा पनि पालिकाले आनाकानी गरेको ठाटीकाँध गाउँपालिका शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख नेत्र थापाले बताए । शिक्षा नै समृद्धि हो सबै कुरा हो शिक्षामा अगाडी नभए कसरी हुन्छ समृद्धि,’उनले भने, ‘पालिकामा कुल बजेटको २४ प्रतिशत बजेट शिक्षामा छुट्याउनुपर्छ भन्ने छ । चारपाँच प्रतिशत बजेट पनि पालिकाले छुट्याएन ।’

नेताको आँगनमै विद्यालय

ठाटीकाँध गाउँपालिका १ नदाईमा रहेको सुर्योदय आधारभुत विद्यालय यस वडाबाट राजनीति गर्ने नेताको दैलोमै पर्छ । नेताको दैलोमै विद्यालय भएपनि नत विद्यालयको भवन छ । नत बालमैत्री विद्यालय ।

नेपाल सरकारका पुर्व साहायक जलस्रोत मन्त्री तथा नेकपा एमाले कर्णाली प्रदेश अध्यक्ष बिनोद कुमार शाह, नेकपा एमालेबाट बखत भण्डारी,वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि नेकपा एमालेबाट अध्यक्ष पदका उम्मेदवार लक्ष्मी देवि शाह, नेपाली कांग्रेसबाट गाउँपालिका अध्यक्ष उम्मेदवार रक्ष शाहीको वडामा पर्छ । विद्यालयको यो अवस्था हुँदा पनि चासो नदिनुले राजनीति गर्नु नगर्नुमा केही फरक नहरहेको स्थानीय बताउँछन् ।

प्रतिक्रिया