अवैध रुपमा काइनेट ढुंगा कारोबार गर्ने एकजना पक्राउ

          |   प्रकाशित मितिः शुक्रबार, बैशाख २३, २०७९     ::: 95 पटक पढिएको   |  

सुर्खेत : जाजरकोटबाट अवैध रुपमा काइनेट ढुंगा (पत्थर) कारोबार गर्ने एकजना व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ।

प्रहरी चौकी छेडाचौर जाजरकोटबाट खटिएको प्रहरी टोलीले शिवालय गाउँपालिका—१ छेडाबजारबाट जुनिचाँदे गाउँपालिका–६ गर्खाकोट बस्ने वर्ष २२ का सुरत सिंहलाई आज बिहान पक्राउ गरेको हो।

उनलाई शंकाको आधारमा शरीर र साथमा बोकेको झोला चेकजाँच गर्ने क्रममा काइनेट ढुंगा फेला परेको थियो । झण्डै ९ केजी पाँचसय ४५ ग्राम उक्त काइनेट ढुंगासहित पक्राउ गरेको बताइएको छ ।

कारोबारी सिंहलाई कारबाहीका लागि खानी तथा भुगर्व विभागअन्तर्गत भूकम्प मापन केन्द्र वीरेन्द्रनगर पठाइएको प्रहरीले बताएको छ।



Leave a comment

Your email address will not be published.


*