दैलेखमा माओवादी केन्द्रले जित्यो पहिलो पटक वडाध्यक्ष

दैलेखमा माओवादी केन्द्रले जित्यो पहिलो पटक वडाध्यक्ष

दैलेख : दैलेखमा नेकपा माओवादी केन्द्रले पहिलो पटक एउटा वडाध्यक्ष जीतेको छ । नेकपा माओवादी केन्द्रबाट डुङ्गेश्वर गाउँपालिका–१ को वडाध्यक्षका उम्मेदवार श्याम राना विजयी भएका हुन् । राना ७ सय ८१ मत सहित वडाध्यक्षमा विजयी भएका हुन् ।

उनका निकटम् प्रतिस्पर्धी एमालेका लोकबहादुर डांगीलाई २ सय ५७ मतले पराजित गरेका हुन् । एमालेका डांगीले ५ सय २४ मतमा सिमित भएका छन् ।

यो वडामा नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादी पार्टीको गठबन्धन थियो । गठबन्धनका उम्मेदारसँग एमाले पराजित भएको हो । वडामा वडाध्यक्ष रानासहित प्यानल नै विजयी भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

संविधान जारी भएपछि पहिलो पटक २०७४ मा भएको स्थानीय तह निर्वाचनमा नेकपा माओवादी केन्द्रले जिल्लाभर एक जना वडा सदस्यमा मात्रै जितेको थियो । यस पटकको निर्वाचनमा डुङ्गेश्वर गाउँपालिका १ मा माओवादी केन्द्र विजयी भएको हो ।

प्रतिक्रिया