गुराँस गाउँपालिका २ मा पनि काँग्रेस विजयी

गुराँस गाउँपालिका २ मा पनि काँग्रेस विजयी

दैलेख : दैलेखको गुराँस गाउँपालिका वडा नम्बर २ को अध्यक्ष पदमा नेपाली काँग्रेसका उम्मेदवार विजयी भएका छन् । काँग्रेसका उम्मेदवार शेरबहादुर रावलले ५२२ मत प्राप्त गर्दै विजयी भएका गाउँपालिकास्थित निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

उक्त वडामा नेकपा एमालेका प्रेमबहादुर रावलले २८८ मत प्राप्त गर्दै पराजित भएको जनाइएको छ ।  अधिकाँश वडा सदस्यहरू पनि नेपाली काँग्रेसले नै जित हात पारेकाे छ । गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा पनि काँग्रेसकै उम्मेदवारको अग्रता कायमै छ ।

प्रतिक्रिया