नौमूले गाउँपालिका ४ मा पनि काँग्रेस विजयी

नौमूले गाउँपालिका ४ मा पनि काँग्रेस विजयी


दैलेख : दैलेखको नौमूले गाउँपालिका वडा नम्बर ४ को वडाध्यक्ष पदमा नेपाली काँग्रेसका उम्मेदवार विजयी भएका छन् । काँग्रेसका उम्मेदवार चन्द्रलाल बस्नेतले ४७४ मत प्राप्त गर्दै विजयी भएका गाउँपालिकास्थित निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

उक्त वडामा नेकपा एकीकृत समाजवादीका गजबहादुर ढिङा मगर ३१० र नेकपा एमालेका गंगाराम बस्नेतले १३८ मत प्राप्त गर्दै पराजित भएको जनाइएको छ । गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा पनि काँग्रेसकै उम्मेदवारको अग्रता कायमै छ ।

नेपाली काँग्रेसबाट गाउँपालिकाको अध्यक्षका उम्मेदवार भदे बुढामगरले १७१० मत प्राप्त गरेका छन् । उपाध्यक्षका उम्मेदवार अमृता सिंहले १६५१ मत प्राप्त गरेकी छन् । माओवादी केन्द्रबाट अध्यक्षका उम्मेदवार छविराम सुवेदीले १३३१, एकीकृत समाजवादीबाट उपाध्यक्ष पदका उम्मेदवार गंगबहादुर शाहीले १२३० मत प्राप्त गरेका छन् ।

नेकपा एमालेबाट अध्यक्षका उम्मेदवार शशिराम विकले १३४४ मत पाएका छन् । उपाध्यक्षका उम्मेदवार गिता चन्दले ११२९ मत पाएकी छन् ।

प्रतिक्रिया