महाबु गाउँपालिका ६ मा माओवादी केन्द्र विजयी

महाबु गाउँपालिका ६ मा माओवादी केन्द्र विजयी

दैलेख : दैलेखको महाबु गाउँपालिका–६ को वडाध्यक्षमा नेकपा माओवादी केन्द्र विजयी भएका छ । नेकपा माओवादी केन्द्रबाट वडाध्यक्षका उम्मेदवार रेशमबहादुर थापामगर वडाध्यक्षमा निर्वाचित भएका हुन् । उनले ४१२ मत प्राप्त गरेका छन् । उनले काँग्रेसका हर्कबहादुर शाही र एमालेका रक्षबहादुर मगरलाई पराजित गरेका हुन् । यो वडामा नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादी पार्टीबीच चुनावी गठबन्धन भएको थियो । वडासदस्यमा तीन जना काँग्रेस र एक जना एकीकृत समाजवादीको उम्मेदवार विजयी भएको बताईएको छ ।

प्रतिक्रिया