आठबीस नगर १ मा एमाले विजयी

आठबीस नगर १ मा एमाले विजयी

दैलेख : दैलेखको आठबीस नगरपालिका–१ को वडाध्यक्षमा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन् । यो वडाको वडाध्यक्षमा एमालेका बमबहादुर रावत विजयी भएका छन् ।

उनले ५४० मत प्राप्त गरेका छन् । एमालेका रावतका निकटतम् प्रतिस्पर्धी नेपाली काँग्रेसका पदमसिंह बिश्वकर्माले ४११ र एकीकृत समाजवादीका पुर्णबहादुर थापाले ३८० मत पाए ।

वडा सदस्यमा एमालेकी सेतु नेपाली, एमालेकी तिलकबहादुर शाही तथा नेपाली काँग्रेसका शेरबहादुर थापा र धिर्जकला रावल विजयी भएका छन् ।

प्रतिक्रिया