डुङ्गेश्वर गाउँपालिका ५ मा एमाले विजयी

डुङ्गेश्वर गाउँपालिका ५ मा एमाले विजयी

दैलेख : दैलेखको डुङ्गेश्वर गाउँपालिका वडा नंं ५ को वडाध्यक्षमा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन् । यो वडाको वडाध्यक्षमा एमालेका पर्वलाल शर्मा विजयी भएका हुन् । उनले ५३४ मत प्राप्त गरेका छन् ।

एमालेबाट वडाध्यक्षमा निर्वाचित शर्माको निकटतम् प्रतिस्पर्धी नेपाली काँग्रेसका टेकबहादुर भण्डारीले ३६८ मत पाए । यो वडामा अरु चारै जना वडा सदस्य एमालेका उम्मेदवार निर्वाचित भएका छन् ।

डुङ्गेश्वर गाउँपालिकाका ६ वटा मध्ये वडा नं. १ नेकपा माओवादी केन्द्र, वडा नं. २ नेपाली काँग्रेस तथा वडा नंं ३, ४ र ५ नेकपा एमाले विजयी भएको छ । अब वडा नं. ६ को मत गणना सुरु हुने निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

प्रतिक्रिया