दुल्लुको मेयरमा १५ मतले काँग्रेसका भरत रिजालको अग्रता

दुल्लुको मेयरमा १५ मतले काँग्रेसका भरत रिजालको अग्रता

दैलेख : दैलेखको दुल्लु नगरपालिकामा नेपाली काँग्रेसका उम्मेदवारले अग्रता लिएका छन् । नेपाली काँग्रेसबाट मेयरका उम्मेदवार भरत रिजाल नेकपा एमालेका तर्फबाट मेयरका उम्मेदवार रुद्ध शाही भन्दा १५ मतले अघि छन् ।

ज्वाला सन्देशलाई प्राप्त प्रारम्भिक मत परिणाम अनुसार काँग्रेसका रिजालले २९०४ मत र एमालेका शाहीले २८८९ मत पाएका छन् । यो नगरमा नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रबीच चुनावी गठबन्धन छ ।

यो नगरको उपमेयरमा भने नेकपा एमालेका बिना कार्कीले अग्रता लिएकी छन् । उनले २७९४ मत प्राप्त गरेकी छन् । उपमेयरमा उम्मेदवार नेकपा माओवादी केन्द्रका टेकबहादुर खड्काले २६५८ मत प्राप्त गरेका छन् ।

प्रतिक्रिया