दैलेखको डुङ्गेश्वर गाउँपालिकामा एमाले विजयी

दैलेखको डुङ्गेश्वर गाउँपालिकामा एमाले विजयी

गाउँपालिकामा नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीबीच चुनावी गठबन्धन थियाे


डुङ्गेश्वर गाउँपालिकामा निर्वाचित अध्यक्ष सुन्दरकुमार केसी र उपाध्यक्ष कलावती न्यौपाने ।

दैलेख : नेपाली काँग्रेसको गढ मानिएको दैलेखको डुङ्गेश्वर गाउँपालिकामा एमाले विजयी भएको छ । २०७४ को स्थानीय तह निर्वाचनमा काँग्रेसले जितेको डुङ्गेश्वरमा अहिले एमाले विजयी भएको हो ।

एमालेबाट अध्यक्षको उम्मेदवार सुन्दरकुमार केसीले निवर्तमान अध्यक्ष नगेन्द्रबहादुर मल्ललाई पराजित गरे । एमालेका केसी ३४०६ मत सहित गाउँपालिकाको अध्यक्षमा निर्वाचित भएका हुन् । केसीले नेपाली काँग्रेसका मल्ललाई ७० मतान्तरले पराजित गरे । गाउँपालिकाको निवर्तमान अध्यक्ष समेत रहेका काँग्रेसका मल्लले ३३३६ मत पाए ।

यस्तै उपाध्यक्षमा कलावती न्यौपाने ३५७७ मत सहित निर्वाचित भएकी छन् । न्यौपानेले काँग्रेसकी एलिजा कुमारी थापालाई ४२५ मतान्तरले पराजित गरिन् । काँग्रेसकी थापाले ३१५२ मत प्राप्त गरिन् । गाउँपालिकामा नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीबीच चुनावी गठबन्धन थियाे ।

यो गाउँपालिकाको ६ वटा वडाहरु मध्ये ४ वटा एमाले तथा नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रले १/१ वटा जितको छ । निर्वाचन अधिकृतको कार्यालयका अनुसार वडा नंं. १ मा नेकपा माओवादी केन्द्रबाट श्यामबहादुर राना, वडा नं. २ मा नेपाली काँग्रेसबाट यामबहादुर विस्ट, वडा नंं ३ मा एमालेबाट कृष्ण बहादुर खत्री, ४ मा नगेन्द्रबहादुर बुढा, ५ मा एमालेबाट पर्वलाल शर्मा र ६ मा एमालेबाटै मान वहादुर थापा मगर वडाध्यक्षमा निर्वाचित भएका छन् ।

प्रतिक्रिया