भगवतीमाई गाउँपालिकाकाे अध्यक्षमा माओवादी, उपाध्यक्षमा काँग्रेस विजयी

भगवतीमाई गाउँपालिकाकाे अध्यक्षमा माओवादी, उपाध्यक्षमा काँग्रेस विजयी

 

दैलेख : दैलेखको भगवतीमाई गाउँपालिकाको अध्यक्षमा नेकपा माओवादी केन्द्रका गणेश बहादुर थापा बिजयी भएका छन् । उनी २ हजार ८ सय ४६ मत सहित बिजयी भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

थापाले नपाली कांग्रेसका दशरथ खड्का र नेकपा एमालेका शान्तिप्रसाद शर्मालाई पराजित गरेका हुन् । खड्काले दोस्रो स्थानमा रहेर २ हजार २ सय ३ मत ल्याउदा तेस्रो स्थानमा रहेका एमालेका शर्माले १ हजार ९ सय ३४ मत प्राप्त गरे  । गाउँपालिकाकाे अध्यक्षमा बिजयी थापा २०७४ सालमा भएको स्थानीय तह निर्वाचनमा पराजित भएका थिए ।

यता, गाउँपालिकाको उपाध्यक्षमा भने नेपाली काँग्रेसकी मिना कुमारी खड्का बिजयी भएकी छन् । बिजयी खड्काले २ हजार ६ सय ८३ मत ल्याउदा प्रत्यासी माओवादीकी मनिषा सोनी (बिक) ले २ हजार २ सय ४७ र एमालेकी बसन्ता शाहीले १ हजार ९ सय २२ मत प्राप्त गरेकी हुन् ।

प्रतिक्रिया