जाजरकोट बारेकोटको अध्यक्षमा एमाले र उपाध्यक्षमा माओवादी विजयी

जाजरकोट बारेकोटको अध्यक्षमा एमाले र उपाध्यक्षमा माओवादी विजयी

प्रेस चौतारी नेपालका पूर्व केन्द्रीय उपाध्यक्षमा जाजरकोटको बारेकोट गााँपालिका अध्यक्षमा निर्वाचित

जाजरकोट : जाजरकोटको बारेकोट गााँपालिका अध्यक्षमा सत्ता गठबन्धनलाई पराजित गर्दै नेकपा एमालेका वीरबहादुर गिरी निर्वाचित भएका छन् । सत्ता गठबन्धनका साझा उम्मेदवार नेपाली कांग्रेसका निवर्तमान गाउँपालिका अध्यक्ष महेन्द्रबहादुर शाहलाई १०९ मतले पराजित गर्दै गिरी अध्यक्षमा विजयी भएका हुन् ।

गिरीले ३ हजार ९ सय ५४ मत प्राप्त गरेका छन् । उनका प्रतिद्वन्द्वी नेपाली कांग्रेसका शाहले ३ हजार ८ सय ४५ मत प्राप्त गरेका छन् । यस्तै, उपाध्यक्षमा गठबन्धनका साझा उम्मेदवार नेकपा माओवादी केन्द्रका उम्मेदवार नरबहादुर गिरी निर्वाचित भएका छन् । गिरीले ३ हजार ६ सय ६३ मत प्राप्त गरेका छन् । उनका प्रतिस्पर्धी नेकपा एमालेकी गीता सिंहले ३ हजार ४ सय ०१ मत प्राप्त गरेकी छन् । २०७४ सालको स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसको तर्फबाट महेन्द्रबहादुर शाह निर्वाचित भएका थिए ।

बारेकोट गाउापालिकामा नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेसबीच चुनावी गठबन्धन भएको थियो नेकपा एमालेले एक्लै निर्वाचनमा होमिएको थियो । अध्यक्षमा निर्वाचित गिरी प्रेस चौतारी नेपालका पूर्व केन्द्रीय उपाध्यक्षसमेत हुन ।

जाजरकोटका ३ नगरपालिकासहित ७ स्थानीय तहको मतगणना सकिएको छ । अघिल्लो पटक २ नगरपालिका छेडागाड र भेरीसहित ३ स्थानीय तहमा विजयी एमाले यो निर्वाचनमा २ वटामा खुम्चिएको छ । दुई स्थानीय तहमा निर्वाचत नेकपा माओवादी नलगाड नगरपालिकामा मात्रै विजयी भएको छ । यो निर्वाचनमा नेपाली कांग्रेसले बारेकोट गुमाएर छेडागाड नगरपालिका शिवालय र कुशे गाउँपालिकामा विजय हासिल गरेको छ ।

प्रतिक्रिया