नारायण नगरपालिका १ को पहिलो निर्णय : वडाका नागरिकको निधन भए १५ हजार रुपैयाँ उपलब्ध गराउने

नारायण नगरपालिका १ को पहिलो निर्णय : वडाका नागरिकको निधन भए १५ हजार रुपैयाँ उपलब्ध गराउने

दैलेख : जिल्लाको सदरमुकामस्थित नारायण नगरपालिका–१ मा नवनिर्वाचित जनप्रतिनीधिहरुले पदभार ग्रहण गरेका छन् । जनप्रतिनीधिहरुले शुक्रवार औपचारिक रुपमा पदभार ग्रहण गरेका हुन् । वडामा नवनिर्वाचित वडाध्यक्ष सन्देशकुमार श्रेष्ठ लगाएत वडा सदस्यहरुले पदभार ग्रहण गरेका हुन् ।

वडामा नवनिर्वाचित जनप्रतिनीधिहरुको पहिलो बैठकले वडाका नागरिकको निधन भए १५ हजार रुपैयाँ उपलब्ध गराउने निर्णय समेत गरेको छ । वडाध्यक्ष श्रेष्ठका अनुसार नारायण नगरपालिका–१ मा बसोबास गर्ने कुनै पनि नागरिकको मृत्यु भएमा वडाबाट मृतकका परिवारलाई रु १५ हजार रुपैयाँ सहयोग उपलब्ध गराउने निर्णय भएको छ ।

यस्तै वडा अध्यक्ष श्रेष्ठले पाउने पारिश्रमिक कोष स्थापना गरि आपत्तकालिन अवस्थामा खर्च गरिने भएको छ । वडाध्यक्ष श्रेष्ठले आफ्नो घोषणापत्रमा समेत आफुले पाउने पारिश्रमिकबाट कोष स्थापना गर्ने घोषणा गरेका थिए ।

प्रतिक्रिया