प्रदेश अस्पताल सुर्खेतमा रक्तसञ्चार केन्द्र स्थापना

प्रदेश अस्पताल सुर्खेतमा रक्तसञ्चार केन्द्र स्थापना

सुर्खेत : प्रदेश अस्पताल सुर्खेतमा रक्तसञ्चार केन्द्र (ब्लड बैंक)को स्थापना गरिएको छ । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर नगरपालिका–४ मा रहेको प्रदेश अस्पतालमा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौं र प्रदेश अस्पतालको संयुक्त लागतमा रक्तसञ्चार केन्द्रको स्थापना गरिएको हो ।

सोमबार कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले उक्त बैंकको औपचारिक रुपमा उद्घाटन गरेका छन् ।

रक्तसञ्चार केन्द्रको उद्घाटन समारोहमा बोल्दै मुख्यमन्त्री शाहीले प्रदेश अस्पताललाई देशभरकै उच्चस्तरीय अस्पतालमा रुपान्तरण गर्न प्रदेश सरकार योजना बनाएर काम गरिरहेको दाबी गरे।

यस्तै, प्रदेशका सामाजिक विकास मन्त्री यज्ञबहादुर बुढाक्षेत्रीले रगत अभावमा ज्यान गुमाउन परेको परिस्थितिबाट मुक्त गर्न प्रदेश अस्पतालबाटै ऐतिहासिक कामको सुरुवात प्रति अस्पताललाई धन्यवाद व्यक्त गर्दै अस्पतालको सेवा सुविधाको स्तरउन्नतीमा मन्त्रालयले पनि सहयोग गर्दै आएको बताए ।

अस्पतालका निर्देशक प्राध्यापक डाक्टर डम्बर खड्काले कर्णालीका आम नागरिकसहित अन्य प्रदेशका नागरिकलाई स्वास्थ्य सेवा दिँदै आएको र थप सेवा सुविधा दिनका लागि अस्पतालले रक्त सञ्चार केन्द्रको स्थापना गरेको बताए ।

प्रतिक्रिया