पेट्रोलियम पदार्थको मूल्य बढेसँगै सार्वजनिक यातायातको भाडा वृद्धि

पेट्रोलियम पदार्थको मूल्य बढेसँगै सार्वजनिक यातायातको भाडा वृद्धि

काठमाडौँ : सरकारले पेट्रोल लगत्तै सार्वजनिक यातायातको गाडी भाडा बढाएको छ । पेट्रोलियम पदार्थको मूल्य बढेसँगै सरकारले मंगलबार सार्वजनिक यातायातको भाडा समायोजनका नाममा वृद्धि गरेको हो ।

यातयात व्यवस्था विभागले निकालेको सूचिअनुसार सार्वजनिक गाडीमा २ दशमलव १ प्रतिशत भाडा वृद्धि गरिएको छ । यस्तै पहाडी बाटोमा सञ्चालन हुने गाडीमा २ दशमलव ७ प्रतिशत र तराईको बाटोमा सञ्चालन हुने मालबाहक सवारीमा ३ प्रतिशत भाडा दर बढेको यातायात व्यवस्था विभागले जनाएको छ ।

इन्धनको बजार मूल्य ५ प्रतिशत वा ५ प्रतिशतभन्दा बढी बढेमा वा घटेमा भाडादर कायम गरिने नीति देखिन्छ । सोहीकारण देखाएर सरकारले भाडा बढाएको हो ।

प्रतिक्रिया