बालबालिकालाई सोसेकको सहयोग

बालबालिकालाई सोसेकको सहयोग

दैलेख : सामाजिक सेवा केन्द्र (सोसेक) नेपालले आगलागीबाट क्षती भएका परिवारका लागि सहयोग उपलब्ध गराएको छ । आगलागीका कारण ठाटीकाँध गाउँपालिका–६ निबासि नरेन्द्र बहादुर थापाको क्षति भएको थियो । उक्त घरका ४ जना बालबालिका तथा परिवारका लागि सामाजिक सेवा केन्द्र (सोसेक) द्वारा संचालित बाल हेल्पलाईन १०९८ को तर्फबाट खाद्यान्न सहयोग प्रदान गरिएको हो । ठाटिकाँध गाउँपालिका अध्यक्ष रक्षबहादुर शाह र वडा नम्बर ६ वडाध्यक्ष जोरासिंह रोकाया क्षेत्रीले खाद्यान्न सहयोग हस्तान्तरण गरेका छन् । चामल, दाल, नुन, तेल गरी ६ हजार ५ सय बराबरको खाद्यान्न उपलब्ध गराईएको हो ।

प्रतिक्रिया