कालीकोटबाट सुर्खेततर्फ आउँदै गरेको यात्रुबाहक बस दैलेखमा दुर्घटना

कालीकोटबाट सुर्खेततर्फ आउँदै गरेको यात्रुबाहक बस दैलेखमा दुर्घटना

सुर्खेत : कालीकोटबाट सुर्खेततर्फ आउँदै गरेको यात्रुबाहक बस दैलेखमा दुर्घटनामा परेको छ । दैलेखको आठबीस नगरपालिका–२ सिस्ने नजिक म १ ख ६६० नम्बरको बस दुर्घटनामा परेको हो ।

बस बुधबार साझ दुर्घटनामा पर्दा तीन जनाको मृत्यु भएको स्थानीय चक्रबहादुर सिजापतीले जानकारी दिए । सिजापतिका अनुसार मृत्यु हुनेमा दुल्लु नगरपालिका–९ का कासिराम पाण्डे र धिरेन्द्र सुनार रहेका छन् भने अर्का एकको पहिचान खुल्लन सेकेको छनै् ।

जिल्ला प्रहरी कार्यालय दैलेखका अनुसार बसमा सवार करिब ५६ जना यात्रु रहेको अनुमान गरिएको छ । ती मध्ये गम्भीर घाइते ८ जना रहेका छन् । गम्भीर घाइते र अन्य घाइतेहरुलाई सस्शत्र प्रहरीको गाडीमा उपचारको लागि सुर्खेत तर्फ पठाईएको प्रहरीको भनाई रहेको छ ।

बस सडकबाट करिब ५० मिटर तल कर्णाली नदीको छेउमा खसेको छ भने दुर्घटनाको कुनै कारण खुल्न सकेको छैन् ।

प्रतिक्रिया