विपन्न दलित परिवारलाई सोसेकको सहयोग

विपन्न दलित परिवारलाई सोसेकको सहयोग

दैलेख : भैरबी गाउँपालिका–१ रावतकोटस्थित मेहेलटाकुरा गाउँका एक विपन्न दलित परिवारलाई सहयोग उपलब्ध गराईएको छ । १६ वर्षीय बालक उज्जल सार्कीको परिवारलाई खाद्यान्न र भाँडाकुडा सहयोग गरिएको हो । सामाजिक सेवा केन्द्र (सोसक) नेपालद्धारा सञ्चालित बाल हेल्पलाइन १०९८ ले बालकको परिवारलाई खाद्यान्न सहयोग गरेको हो ।

बाल हेल्पलाइनले एक बोरा चामल, ३ केजी दाल, ३ लिटर तेल, २ केजी नुन उपलब्ध गराएको सोसेक नेपालका बाल अधिकार अनुगमन अधिकृत प्रभाकुमार विश्वकर्माले बताए । यसैबिच सोहि परिवारलाई राकेश इन्टरप्राइजेज काठमाडौंको सहयोगमा ४ वटा थाल, ६ वटा चमच, ६ वटा गिलास, कराई, १ वटा तपेली दिएको र एउटा टर्च लाइट समेत सहयोग गरिएको छ ।

बालक उज्जलको घरमा उनका बुबा र आमा छन् । उज्जल उनका बुबा ७९ वर्षीय गौरे सार्की र आमा ६५ वर्षीया बुदि सार्की खुल्ला आकासमूनि जीवन बिताईरहेका छन् । त्रिपालमा बसोबास गर्दै आएका उनिहरु हावाहुरीले त्रिपाल समेत उडाएपछि बिचल्लीमा परेका छन् ।

बालकको परिवारको अवस्थाबारे निर्माण भएको भीडियो

प्रतिक्रिया