सिमान्तकृतहरुको खाद्य सुरक्षा सवाल पहिचान तथा दस्तावेजीकरणबारे अभिमुखीकरण

सिमान्तकृतहरुको खाद्य सुरक्षा सवाल पहिचान तथा दस्तावेजीकरणबारे अभिमुखीकरण

दैलेख : पछाडि पारिएका र सिमान्तकृतहरुको खाद्य सुरक्षा सवाल पहिचान तथा दस्तावेजीकरण सम्वन्धी एक दिने पुनर्ताजकी अभिमुखीकरण कार्यक्रम शुक्रवार दैलेख सदरमुकाममा सम्पन्न भएको छ । फियान नेपाल अन्तरगर्त दैलेखमा गठित स्थानीय खाद्य अधिकार सञ्जालका पदाधिकारी र सरोकारवालालाई अभिमुखीकरण गरिएको हो ।

खाद्य सुरक्षा सवाल, पोषण र कृषि उत्पादनमा विविधता, आधुनिक खेती प्रविधिको आवश्यकता, उत्पादन ह्रास गराउने प्राकृतिक विपद र वातावणीय प्रभाव मूल्यांकन बिना सञ्चालन गरिने विकास योजनाले निम्त्याउने समस्या सवालमा फियान नेपालका कर्णाली प्रदेश संयोजक प्रकाश नेगीले सहजीकरण गरेका थिए ।

प्राकृतिक विपद् र मानवीय कमजोरीले आइपर्ने समस्याले जमिनको क्षति, कृषि उत्पादनमा ह्रास, आधुनिकताका नाममा तरकारीमा प्रयोग हुने बिषाधीको प्रयोग जस्ता समस्याले स्वास्थ्यमा पार्ने प्रभाव बारे उपभोक्ताहरु सचेत हुनुपर्ने बताए ।
खाद्य सुरक्षा सवालहरु अभिलेखीकरण गरेर समस्या समाधानका लागि सरोकावालाहरुको ध्यानार्षण गराउनुपर्ने नेपाल पत्रकार महासंघका जिल्ला अध्यक्ष यज्ञराज थापाको सुझाव छ । सहभागीहरुले स्थानीय खाद्य सुरक्षा सवाल र समस्या समाधानका उपाय बारे समूहकार्यले तयार पारेका सुझावहरु प्रस्तूत गरिएको थियो ।

प्रतिक्रिया