दैलेखमा नमुना झोलुङ्गे पुल निर्माण सम्बन्धी ४८ जनालाई तालिम

दैलेखमा नमुना झोलुङ्गे पुल निर्माण सम्बन्धी ४८ जनालाई तालिम

दैलेख : दैलेखमा नमुना झोलुङ्गे पुल निर्माण सम्बन्धी ४८ जनालाई तालिम दिईएको छ । पुर्वाधार विकास कार्यालय दैलेखको आयोजनामा दैलेखका नौवटा स्थानिय तहका ४८ जना उपभोक्तालाई उक्त तालिम प्रदान गरिएको हो ।

ग्रामिण विकास सेवा केन्द्र दैलेखको साझेदारी तथा हुरन्डेक ईन ज्वाईन्ट भेन्चर वीथ सेवक जेभी नेपाल र टिस्वीस्यसस्यू हेल्भेटास कर्णालि प्रदेश सुर्खेतको सहयोगमा ४८ जनाले तालिम पाएका हुन् । पुर्वाधार विकास कार्यालय दैलेख मार्फत जिल्लामा १२ वटा झोलुङ्गे पुल निर्माण गरिने पुर्वाधार विकास कार्यालय दैलेखका निमित्त प्रमुख प्रभाकर प्रसाद सिंहले जानकारी दिए ।

सिंहका अनुसार आर्थिक बर्ष २०७९र८० भित्र निर्माण सम्पन्न गरिसक्नुपर्ने झोलुङ्गे पुल निर्माणका लागि जेठ ७ गतेदेखी १४ गतेसम्म ८ दिने तालिम प्रदान गरिएको हो । तालिम संगै जनशक्ति उत्पादन गर्ने काममा थप सहज हुने उदेश्यले उनिहरुद्धारा पुल निर्माण गरिएको उनले बताए ।

आर्थिक बर्ष २०७९र८० मा निर्माण हुन लागेका जिल्लाका १२ वटा झोलुङ्गे पुल निर्माणका लागि १२ वटै उपभोक्ता समिती गठन भईसकेको र सोही उपभोक्ता समितीका पदाधिकारी २र२ जना तथा प्रत्येक पुल निर्माण आयोजनाका २र२ जना मिस्त्री गरि ४८ जनालाई उक्त तालिम प्रदान गरिएको साझेदार सस्था ग्रामिण विकास सेवा केन्द्र दैलेखका कार्यक्रम संयोजक नविन शर्माको भनाई छ ।

आर्थिक बर्ष २०७९र८० मा जिल्लाका आठबिस नगरपालिका, चामुण्डाबिन्द्रासैनि नगरपालिका, ठाटिकाँध गाँउपालिका, भैरवी गाँउपालिका, नौमुले गाँउपालिका, भगवतिमाई गाँउपालिका, डुङ्गेश्वर गाँउपालिका र गुराँस गाँउपालिका र महाबू गाँउपालिकाका बिभीन्न स्थानमा गरि १२ वटा झोलुङ्गे पुल निर्माण हुने उनले बताए । उनले भने सबैले तालिममा सिकेका कुरा ब्यवहारमा उर्तानु पर्ने र यो जस्तो व्यवहारीक तालिम जिवनमा केही नहुने बताए ।

 

प्रतिक्रिया