महिला अधिकार दिवसमा अन्तरक्रिया

महिला अधिकार दिवसमा अन्तरक्रिया

दैलेख : सोमवार राष्ट्रिय महिला अधिकार दिवस । यस बर्ष ‘महिलाको सम्मान, सभ्य समाजको पहिचान’ भन्ने नारा तय गरिएको थियो । दिवसका अबसरमा दैलेखको नारायण नगरपालिकामा अन्तरक्रिया कार्यक्रम गरिएको छ ।

नारायण नगरपालिकामा उपमेयर तप्ताकुमारी थापा खड्काको अध्यक्षतामा अन्तरक्रिया कार्यक्रम गरिएको हो । नारायण नगरपालिकाको आयोजना तथा सामाजिक सेवा केन्द्र (सोसेक) नेपालको समन्वयमा अन्तरक्रिया गरिएको हो । अन्तरक्रियामा एईआएन लक्जेम्बर्ग र सोसेक नेपालद्धारा सञ्चालित बाल हेल्पलाइन १०९८ ले समेत समन्वय गरेका थिए ।

कार्यक्रममा सोसेक नेपालका सहायक कार्यक्रम अधिकृत दुर्गा गिरीले महिला हिंसा तथा दुव्र्यवहार र मर्यादित महिनावारीबारे प्रस्ट्याइन् । यस्तै बाल हेल्पलाइन १०९८ संयोजक रमा श्रेष्ठले महिला र बालबालिका केन्द्र र हेल्पलाइनले सञ्चालन गरिरहेको कार्यक्रम तथा गतिविधि तथा प्रदान गर्ने सेवाबारे जानकारी गराइन् ।

कार्यक्रममा नगरउपप्रमुख तप्ताकुमारी थापा खड्काले आफुले महिला र बालबालिकाको सवाललाई प्राथमिकता दिएर काम गर्ने बताइन् । उनले महिला तथा बालबालिकाको सवालमा काम गर्न सबैको साथ, सहयोग र समन्वयको आवश्यकता रहेको बताइन् । कार्यक्रममा सहभागिहरुले महिला अधिकारको सवालमा आ–आफ्नो धारणा राखेका थिए ।

प्रतिक्रिया