सल्यानमा दुइजना फरार अभियुक्त पक्राउ

          |   प्रकाशित मितिः मङ्लबार, जेष्ठ १७, २०७९     ::: 86 पटक पढिएको   |  

सल्यान : सल्यान प्रहरीले लेनदेन मुद्दा र हुँडारको छाला ओसार पसार मुद्याका फरार दुई अभियुक्तलाई पक्राउ गरेको छ । आफ्नै घरमा लुकिछुपि बसी रहेको अवस्थामा प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।

लेनदेनको विगो मुद्यामा फरार सल्यान बागचौर नगरपालिका १० पिपलनेटाका ४३ वर्षीय देवराज गिरी र हुँडारको छाला ओसारपसार मुद्यामा बागचौर नगरपालिका ६ कोटबाराका ३२ वर्षीय गोपाल बस्नेतलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

लेनदेनको बिगो मुद्दामा दाङ जिल्ला अदालतले २०७८ चैत २५ गते गिरीलाई तिर्नुपर्ने सावाँ व्याज सहित २ वर्ष कैदको फैसला गरेको थियो ।

यस्तै हुंडारको छाला (अखेटोपहार ओसार पसार) मुद्दामा दाङ देउखुरी जिल्ला अदालतले २०७८ असार ०६ गते ३५ दिने पक्राउ पुर्जी तामेल गरेकोमा सो अवधिमा निज अदालतमा उपस्थित नभइ हालसम्म फरार रहेका थिए ।

आवश्यक कारवाहीका लागि गिरीलाई सल्यान अदालत र बस्नेतलाई दाङ्ग पठाइएको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी सन्तोष खनालले जानकारी दिए ।



Leave a comment

Your email address will not be published.


*