पोखरा र सुर्खेत उद्योग वाणिज्य संघबीच सहकार्य गर्ने सहमति

पोखरा र सुर्खेत उद्योग वाणिज्य संघबीच सहकार्य गर्ने सहमति

सुर्खेत । पोखरा उद्योग वाणिज्य संघ र सुर्खेत उद्योग वाणिज्य संघबीच सहकार्य गरेर अगाडी बढ्ने सहमति भएको छ । पोखरा र सुर्खेत उद्योग बाण्ज्यि संघबिच निजी क्षेत्रका साझा एजेण्डा सँगै अगाडि बढाउने र पर्यटन क्षेत्रमा सहकार्य गर्ने सहमति भएको हो । पोखराले सुर्खेत उद्योग वाणिज्य संघको प्रतिनिधिमण्डलको स्वागतमा आयोजना गरेको अन्तक्र्रिया कार्यक्रममा यस्तो सहमति भएको बताएको छ ।

कार्यक्रममा बोल्दै नेपाल उद्योग वाणिज्य महासंघ गण्डकीका अध्यक्ष संजिवबहादुर कोइरालाले पालिकाहरुमा आएका नयाँ जनप्रतिनिधिहरुले निजी क्षेत्रसँग भएको ज्ञान,सीप र पूँजीलाई राष्ट्र निर्माणमा लगाउनुपर्नेमा दिए ।

यसअघि पालिका राजनीतिक दलहरुबाट आएका पालिका प्रमुखहरुले विचार नमिलेकै आधारमा उद्योग वाणिज्य संघको नेतृत्वसँग सहकार्य गर्न नखोजेको तीतो अनुभव सुनाउँदै उनले निजी क्षेत्रलाई काम गर्ने वातावरण निर्माण पालिकाहरुको समुन्नति पनि सम्भव नभएको समेत बताए ।

पोखरा उद्योग वाणिज्य संघ तथा कार्यक्रमका अध्यक्ष नारायण कोइरालाले पोखराको समग्र विकासमा निजी क्षेत्रले पुर्याएको योगदानको स्मरण गर्दै संघ समृद्धिमा सहकार्य गर्न तयार रहेको बताए ।

पछिल्लो समय पोखरामा देखिएका पार्किङ, फोहरमैला व्यवस्थापनलगायतका समस्याहरुको समाधान एवं पोखरा अन्तर्राष्ट्रिय विमानस्थल संचालनतर्फ पालिकाको नयाँ नेतृत्वले ध्यान दिनुपर्ने उनको धारणा थियो ।

सुर्खेत उद्योग वाणिज्य संघका अध्यक्ष लक्ष्मण कँडेलले समग्र कर्णालीको विकासको लागि सुुर्खेतले पोखरासँग सहकार्य गर्न खोजेको बताए । रारा तालको बजारीकरण र सो क्षेत्रमा रहेका जडिबुटीको प्रशोधनतर्फ संघले ध्यान दिएको जानकारी दिँदै उनले सुर्खेत र पोखराबीच सहकार्यमा विशेष जोड दिए ।

प्रतिक्रिया