खेतीपातीको सिजनका बेला कर्णालीमा मल अभाव

          |   प्रकाशित मितिः बिहिबार, जेष्ठ १९, २०७९     ::: 143 पटक पढिएको   |  

फाईल तस्बीर

सुर्खेत : कर्णालीमा रासायनिक मलको अभाव भएको छ । खेतीपातीको सिजनका बेला मल अभाव भएको हो । बर्षायाम सुरु हुँदै लाग्दा किसानहरु खेतबारीतिर लागेका छन् ।

कर्णाली प्रदेशलाई अर्गानिक प्रदेश भनिएपनि कर्णालीमा दिनानुदिन रासायनिक मलको प्रयोग बढ्दो छ । खेतीपातीको सिजन सुरु भएसँगै वर्षेनी कर्णालीमा मल अभाको समस्या हुँदै आएको छ ।

विगतका वर्षहरुमा झै कर्णालीका कृषकहरुले यसपालि पनि मल नपाउने भएका हुन् । कृषि सामाग्री कम्पनी लिमिटेड प्रादेशिक कार्यालय सुर्खेतमा अहिले एक सय ५० टन डिएपी र १० टन पोटास मौज्दात रहँदा युरिया मलको पूर्ण अभाव छ ।

दैनिक वितरणको अवस्था हेर्ने हो भने कम्पनीसँग १० दिनलाई मात्र पुग्ने युरिया बाहेकको मल बाँकी छ । चालु आर्थिक वर्षको मंसिर मसान्तमा ६ सय ३५ टन डीएपी मल आएकोमा पाँच सय ३० टन विक्री भएको छ ।

यस्तै, पूर्ण अभावरहेको युरिया चालु आर्थिक वर्षको मंसिर मसान्तमै ८ सय ९४ टन आएकोमा गत चैत २३ गते नै सकिएको छ । अहिले कम्पनीसँग युरिया मल छैन ।

कृषि सामाग्री कम्पनी लिमिटेडको प्रादेशिक कार्यालय सुर्खेतका प्रमुख अमूल्यलाल श्रेष्ठलले गत मंसिरमै आएको ७३ टनपोटास मल ६३ टन विक्री भई सकेको बताए । हामीसँग अहिले डीएपी र पोटास मलमात्र मौज्दात छ,’उनले भने्, ‘यसलाई हामीले समानुपातिक हिसावले वितरण गरिरहेका छौं । भारत सरकारले मल दिने भनिएपनि पछिल्लो समय नदिने भएपछि मल अभाव भएको छ । कम्पनीमा मल आउने नआउने विषय निश्चित पनि छैन् ।’

कम्पनीले कर्णाली प्रदेशका सल्यान र रुकुमबाहेकका आठ जिल्लामा दर्ता भएका १०८ सहकारी संस्थामार्फत मल वितरण गर्दै आएको छ । कर्णालीमा युरिया मल बढी खपत भएपनि साविक कर्णाली अञ्चलमा रासायनिक मलको प्रयोग कम हुने गरेको कार्यालयले जनाएको छ ।

यस्तै, साविक भेरी अञ्चलका पाँच जिल्लामा भने रसायनिक मलको प्रयोग बढ्दै गएको प्रमुख श्रेष्ठले दाबी गरे । कर्णालीमा वितरण हुने मलमा कम्पनीले ७० र ३० प्रतिशत साल्ट ट्रेडिङ्ग कर्पोरशनले वितरण गर्दै आएको छ । हाल साल्ट ट्रेडिङ्गमा पनि युरिया मलको अभाव छ ।



Leave a comment

Your email address will not be published.


*