भेरी नदीमा वेपत्ता भएकी बालिका तीन दिन पछि मृत्त फेला

          |   प्रकाशित मितिः शुक्रबार, जेष्ठ २०, २०७९     ::: 73 पटक पढिएको   |  

सुर्खेत । भेरी नदीमा पौडी खेल्न जाँदा वेपत्ता भएकी बालिका तीन दिन पछि मृत्त फेला परेकी छन् ।

जिल्लाको बनगाड कुपिण्डे नगरपालिका ३ काराकी अन्दाजी १४ वर्षीया गीता वि।कको शव बनगाड कुपिण्डे नगरपालिका ११ सिस्नेपातल नजिकै शुक्रबार दिउँसो फेला परेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

वेपत्ता भएको स्थानबाट भन्दा झन्डै ६ किलोमिटर तल भेरी नदी किनार फेला परेको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी प्रमुख सुमित खड्काले जानकारी दिए ।

वेपत्ता भएकी बालिकाको प्रहरी र स्थानीयले खोजी कार्य गर्दै आइरहेका थिए । खोजी गर्ने क्रममा गीताको बाजे नाता पर्नेले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

मंगलबार दिउँसो धान कुट्न कारागाउँ जिउला स्थित मिलमा गएको समयमा भेरी नदीमा पौडी खेल्ने क्रममा उनी डुबेर वेपत्ता भएकी थिइन ।

 

 



Leave a comment

Your email address will not be published.


*