जोखिममा रहेका बालबालिकालाई शैक्षिक सामग्री

जोखिममा रहेका बालबालिकालाई शैक्षिक सामग्री

दैलेख : जिल्लाको गुराँस गाउँपालिका–१ का ३० जना बालबालिकाहरुलाई शैक्षिक सामग्री वितरण गरिएको छ । जोखिममा परेका ३० जना बालबालिकालाई शैक्षिक सामग्री वितरण गरिएको हो । सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल र सेभ द चिल्ड्रेनको साझेदारी तथा गुराँस गाउँपालिकाको समन्वयमा सञ्चालित सहयात्रा दोस्रो परियोजनाले बालबालिकालाई शैक्षिक सामग्री दिएको हो । वडाध्यक्ष धर्मबहादुर रावलको अध्यक्षतामा बैठक बसि शैक्षिक सामग्री बितरण गरिएको बताईएको छ ।

यस्तै वडा नं. ७ का २७ जना जोखिममा परेका बालबालिकाहरुलाई शैक्षिक सामग्री वितरण गरिएको छ । वडाध्यक्ष नन्दबहादुर बिसीको अध्यक्षतामा बैठक बसि शैक्षिक सामग्री बितरण गरिएको बताईएको छ ।

त्यसैगरी वडा नम्बर ५ मा जोखिममा रहेका २८ जना बालबालिकाहरुलाई शैक्षिक सामग्री उपलब्ध गराईएको छ । सहयात्रा दोस्रो परियोजना अन्तरगर्त शैक्षिक सामग्री वितरण गरिएको हो । वडाध्यक्ष भुपेन्द्रबहादुर चन्दको अध्यक्षतामा बैठक बसी बालबालिकाहरुलाई शैक्षिक सामग्री वितरण गरिएको हो ।

यसैगरी वडा नं. ८ का १९ जना बालबालिकाहरुलाई शैक्षिक सामग्री दिईएको छ । वडाध्यक्ष दिपेन्द्र ओलीको अध्यक्षमा बसेको बैठकपछि जोखिममा रहेका बालबालिकाहरुलाई शैक्षिक सामग्री वितरण गरिएको हो ।

गुराँस गाउँपालिका वडा नम्बर ३ का बालबालिकाहरुलाई समेत शैक्षिक सामग्री वितरण गरिएको छ । सहयात्रा दोस्रो परियोजना अन्तरगर्त जोखिममा परेका २७ जना बालबालिकाहरुलाई शैक्षिक सामग्री वितरण गरिएको बताईएको छ । वडाध्यक्षको अध्यक्षतामा बैठक बसी वडासदस्य अमरबहादुर सारुले सामग्री वितरण गरेका हुन् ।

प्रतिक्रिया