कर्णाली सरकारले २०७९/८० को नीति तथा कार्यक्रम जेठ २४ गते ल्याउने

कर्णाली सरकारले २०७९/८० को नीति तथा कार्यक्रम जेठ २४ गते ल्याउने

सुर्खेत: कर्णाली प्रदेश सरकारले आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रम जेठ २४ गते ल्याउने भएको छ ।

२८ अर्बको बजेट ल्याउने तयारीमा रहेका कर्णाली प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री विन्दमान विष्टले अधिकांश पुराना योजना कार्यान्वयन गर्ने नीति ल्याइने बताएका छन् ।

विगतका अधुरा कामहरु पूरा गर्ने योजनाअनुसारका नीति ल्याउँछौं’, उनले भने, ‘हरेक मन्त्रालयमा बजेट घटेर आएको हुँदा नयाँ योजनामा बजेट जाने सम्भावना अत्यन्तै न्यून छ ।’

प्रतिक्रिया