दुल्लुमा मनाईयो विश्व वातावरण दिवस (फोटोफिचर)

दुल्लुमा मनाईयो विश्व वातावरण दिवस (फोटोफिचर)

दैलेख : जिल्लाको दुल्लु नगरपालिकामा विश्व वातवरण दिवस मनाईएको छ । नगरपालिकाको आयोजना तथा सामाजिक सेवा केन्द्र (सोसेक) नेपालको समन्वय तथा सहयोगमा दिवस मनाईएको हो । सोसेक नेपालद्धारा सञ्चालित उत्थान परियोजना, ग्रिन कर्णाली परियोजना र एकीकृत जलस्रोत व्यवस्थापन कार्यक्रमले समन्वय तथा सहयोग गरेको थियो ।

विश्व वातावरण दिवसका अबसरमा दुल्लुस्थित शान्ति बजारदेखि चाँदनी चोकसम्म सरसफाई समेत गरिएको छ । दुल्लु नगरपालिकाका मेयर भरतप्रसाद रिजाल, प्रमुख प्रशासकीय अधिकृत ज्ञानमणी नेपाल लगाएतको सहभागितामा सरसफाई गरिएको हो । दिवसकै दिनदेखि २३ औँ राष्ट्रिय सरसफाई सप्ताह समेत सुरु भएको छ ।

विश्व वातावरण दिवसमा यस बर्ष पृथ्वीको संरक्षण, दिगो प्रकृतिमैत्री जीवनयापन भन्ने मुल नारा तय गरिएको थियो ।

प्रतिक्रिया