विश्व वातावरण दिवसको अवसरमा सुर्खेतको वीरेन्द्रनगरमा वृक्षारोपण

विश्व वातावरण दिवसको अवसरमा सुर्खेतको वीरेन्द्रनगरमा वृक्षारोपण

सुर्खेत : विश्व वातावरण दिवसको अवसरमा सुर्खेतको वीरेन्द्रनगरमा वृक्षारोपण गरिएको छ ।
आइतरबार वीन्द्रनगरका विभिन्न ठाउँमा वृक्षारोपण कार्यक्रम गरेर दिवस मनाइएको हो ।

‘पृथ्वीको संरक्षण दिगो प्रकृतिमैत्री जीवनयापन’ भन्ने मूल नाराका साथ कर्णाली प्रदेश सरकारले वीरेन्द्रनगरको नेपाल टेलिकमदेखि आइएनएफसम्म वृक्षारोपण गरेर विश्व वातावरण दिवस मनाएको छ ।

वृक्षारोपण कार्यक्रममा कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले वातावरण संरक्षण अहिलेको मुख्य चुनौति भएको बताए । मुख्यमन्त्री शाहीले रुखले मात्रै प्रकृतिलाई जोगाउने भएकाले वृक्षारोपण र वन संरक्षणमा ध्यान दिनु आवश्यक रहेको बताए ।

यस्तै, वृक्षारोपण कार्यक्रममा कर्णाली प्रदेशका मुख्यमन्त्री मन्त्रीहरू, वीन्द्रनगर नगरपालिकाका प्रमुख/ उप-प्रमुख लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया