सुत्केरी बेथाले च्यापेकी महिलाको हवाई उद्धार

सुत्केरी बेथाले च्यापेकी महिलाको हवाई उद्धार

दैलेख : दुई दिनदेखि सुत्केरी बेथा लागेर बच्चा जन्माउन नसकेकी आठबीस नगरपालिका–३ निमायलकी १९ वर्षीया महिला संगीता नेपालीको सेनाको हेलिकोप्टरले साेमवार उद्धार गरी सुर्खेत पु¥याएको छ ।

गर्भ बसेको ७ महिनामा बेथा लागेकोले सुरक्षित सुत्केरी गराउन गाह्रो हुने भनी राकम स्वास्थ्य केन्द्रका डा. कृष्ण न्यौपानेको सल्लाहमा ती हेलिकोप्टरबाट मंगलवार कर्णाली प्रदेश अस्पताल पु¥याइएको हो ।

नौ महिना नपुगी जन्मने नवजात शिशुलाई एनआईसीयूमा नराखे जोखिम हुने भएकोले शिशुको स्वास्थ्य निम्ति गुणस्तरीय सेवा पुगोस् भनेर हेलिकोप्टरबाट पठाइएको आठबीस नगरपालिका प्रमुख प्रशासकीय अधिकृत दिलबहादुर शाहीले बताए । आठबीस नगरपालिका उपमेयर कल्पना थापाको पहलमा सुत्केरी महिलालाई सुरक्षित सुत्केरी गराउने  राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तर ती गर्भवतीको उद्धार गरिएको हो । हेलिकोप्टर पठाउन दैलेखका प्रमुख जिल्ला अधिकारी हरि प्याकुरेलले समन्वय गरेका थिए ।

सुरक्षित सुत्केरी सेवाको अभावमा बच्चा जन्माउन नसकेर, बच्चा जन्माइसकेपछि पनि अत्यधिक रक्तश्रावले आमा र जन्मेका नवजात शिशुलाई अनुकूल वातावरण नहुँदा शिशुको समेत मृत्यू हुने गरेको अवस्थामा आमा तथा नवजात शिशुको जीवन रक्षाको लागि यातायातको पहुँच नपुगेका सुत्केरी महिलालाई राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तर उद्धार गरिंदै आएको छ ।

सडक यातायातबाट टाढा र गुणस्तरी स्वास्थ्य सेवाको अभावमा गर्भवती तथा सुत्केरी महिलाको उद्धार गर्न नेपाल सरकारले राष्ट्रपति महिला उत्थान कार्यक्रम सञ्चालन गरेको छ । यो कार्यक्रम अन्तर नेपाली सेनाको हेलिकोप्टरबाट उद्धार गर्ने गरिन्छ ।

प्रतिक्रिया