चार दिनदेखि हराएकी बालिका मृत फेला

चार दिनदेखि हराएकी बालिका मृत फेला

काठमाडौँ : सुर्खेतमा चार दिनदेखि हराइरहेकी एक बालिकाको शव मकैबारीमा फेला परेको छ । गुर्भाकोट नगरपालिका ५ की अन्दाजी सात वर्षीया गृष्मा विकको शव मकैबारीमा भेटिएको हो ।

शुक्रबारदेखि हराएकी गृष्माको शव मंगलबार बिहान घरदेखि पाँच सय मिटर तल मकैबारीमा भेटिएको थियो । बालिकाको शव मकैबारीमा भेटिएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।

सशस्त्र प्रहरी बल रक्तकाली गणका गणपति विमल डाँगीले २० वर्षीया घनश्याम विकलाई अनुसन्धानका लागि नियन्त्रणमा लिएको बताए । घटनाबारे थप अनुसन्धान भइरहेको उनको भनाइ छ ।

गुर्भाकोट ५ का वडाध्यक्ष लालबहादुर पुनका अनुसार गृष्मा आफ्नी हजुरआमासँग बस्दै आएकी थिइन् । उनका बुबा मजदुरीका लागि भारत गएका छन् । २१ गते हजुरआमासँग धारापानी गएकी उनी घर फर्किने क्रममा बाटोबाटै हराएकी थिइन् । आज बिहान अचानक उनको शव बारीमा भेटिएको छ ।

प्रतिक्रिया