कर्णाली सरकारको नीति, कार्यक्रम : प्राथमिकतामा पुरानै योजना

कर्णाली सरकारको नीति, कार्यक्रम : प्राथमिकतामा पुरानै योजना

सुर्खेत : कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ । मङ्गलबार प्रदेश प्रमुख तिलक परियारले नीति तथा कार्यक्रम प्रदेश सभामा प्रस्तुत गरेका हुन् ।

कर्णाली प्रदेश सरकारले नीति तथा कार्यक्रममा कर्णप्रीय नारा राखेपनि रुपान्तरणकारी योजना भने कमै छन् । नीति तथा कार्यक्रममा कतिपय पुराना कार्यक्रम दोहोरिएका छन । यस्तै मुख्यमन्त्री जीवनबहादुर शाहीले अघि सार्दै आएको विकाससम्बन्धी ‘६ ब’ अर्थात बाटो, बिजुली, बजार, वन, व्यवस्थापन र विचार भन्ने सूत्रलाई नीति तथा कार्यक्रममा समेटिएको छ । उनले यसैलाई नै कर्णाली विकासको प्रमुख आधारका रुपमा मान्दै आएका छन । मुख्यमन्त्रीको यही सूत्रलाई मुल उद्देश्य ठानेर विगत बर्षका सफल नीति तथा कार्यक्रमलाईसमेत निरन्तरता दिइएको उल्लेख गरिएको छ ।

मुख्यमन्त्रीसँग जोडिएर आएका अधिकांश पुराना कार्यक्रमहरुलाई पनि निरन्तरता दिइएको छ । यसअघि लोकप्रिय मानिएको ‘बैंक खाता छोरीको सुरक्षा जीवनभरीको’ कार्यक्रमलाई यो पटक पनि निरन्तरता दिएको छ । सरकारले उपलब्धिका रुपमा यही कार्यक्रमका लिँदै आएको छ । अघिल्लो पटक निकै लोकप्रिय मानिएको कर्णाली उज्यालो कार्यक्रमलाई पनि निरन्तरता दिइएको छ ।

खेलकुद पूर्वाधारका क्षेत्रमा र प्रदेश रंगशालालाई निरन्तरता दिइएको छ । पश्चिम सुर्खेतको सालकोट प्राथमिक स्वास्थ्य केन्द्रलाई ५० शैययाको अस्पतालका रुपमा विकास गरिने नीति तथा कार्यक्रममा उल्लेख छ । प्रदेश सरकारले कर्णाली प्रदेश अस्पताललाई स्वास्थ्य विज्ञान प्रतिष्ठानका रुपमा विकास गरिने नीति, कार्यक्रममा समेटिएको छ । संघीय सरकालेल््याएको बजेटकै जगमा रहेर सुर्खेतको रामघाटमा बन्ने विमानस्थललाई समन्वयकारी भूमिका खेल्ने बताइएको छ ।

प्रदेशको परम्परागत कृषि प्रणालीलाई परिवर्तन गरी आधुनिक, व्यावसायिक, प्रतिस्पर्धात्मक, उच्च मूल्ययुक्त र जलवायुमैत्री बनाई प्राङ्गारिक प्रदेशको रूपमा विकास गर्न आवश्यक नीतिगत तथा संस्थागत व्यवस्था गरिने नीति तथा कार्यक्रममा उल्लेख छ ।

यस्तै सबै किसान तथा व्यवसायी लाभान्वित हुने र उत्पादन लागत घटाउने गरी कर्णाली कृषि क्षेत्र सहयोग प्रणाली कार्यान्वयन गरिने पनि उल्लेख गरिएको छ ।

कृषि क्षेत्रमा उल्लेखनीय कार्य गर्ने व्यावसायिक कृषकलाई ‘मुख्यमन्त्री कृषक सम्मान’ कार्यक्रमबाट सम्मान गरिने उल्लेख गरिएको छ । यस्तै वन क्षेत्रको विकासका लागि केही नयाँ कार्यक्रम ल्याइएको छ ।
कर्णाली सरकारले नीति तथा कार्यक्रमको पूर्णपाठः

karnali niti

प्रतिक्रिया