पालिका अध्यक्षसहित चार जना निर्वाचित जनप्रतिनिधिलाई निलम्बनमै राख्न अख्तियारको निर्देशन

पालिका अध्यक्षसहित चार जना निर्वाचित जनप्रतिनिधिलाई निलम्बनमै राख्न अख्तियारको निर्देशन

काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले स्थानीय तह चुनावमा निर्वाचित एक गाउँपकालिका अध्यक्ष र तीन जना वडाध्यक्षलाई निलम्बनमा राख्न आग्रह गरेको छ। भ्रष्टाचारको कसुरमा विशेष अदालतमा आरोपत्र दर्ता भएको र मुद्दा विचारधीन अवस्थामा रहेकाले उनीहरुलाई कानुनअनुसार निलम्बनको व्यवस्था कार्यान्वयन गर्न आग्रह गरेको हो।

आयोगका अनुसार कैलालीको मोहन्याल गाउँपालिका अध्यक्ष देवीदत्त उपाध्यायले सार्वजनिक सम्पत्ति हानि नोक्सानी गरी भ्रष्टाचार गरेको उनीउपर विशेष अदालतमा आरोपपत्र दायर भभएको हुँदा सो मुद्दाको किनारा नभएसम्म स्वतः निलम्बनमा रहने व्यवस्था कार्यान्वयन गर्न निर्वाचन आयोग र सम्बन्धित स्थानीय तहमा जानकारी गराएको छ।

त्यस्तै मोहन्याल गाउँपालिका-३ का वडाध्यक्ष नन्दराम गिरी सम्बन्धमा पनि भ्रष्टाचार आरोपमा विशेष अदालतमा आरोपपत्र दायर भएकाले निलम्बनमा राख्न आग्रह गरिएको छ।

त्यस्तै नुवाकोटको बिदुर नगरपालिका-९ का वडाध्यक्ष हरिराम भण्डारीले विद्यालयको रकम हिनामिना गरी भ्रष्टाचार गरेको र विशेष अदालतमा मुद्दा दायर भई उक्त मुद्दा विचाराधीन रहँदाकै अवस्थामा उनी वडाध्यक्षमा निर्वाचित भएको भन्दै निलम्बनमा राख्न आग्रह गरेको छ।

त्यस्तै अछामको पंचदेवल विनायक नगरपालिका-७ का वडाध्यक्ष कालीदेवी माध्यमिक विद्यालयको प्राथमिक तहका शिक्षक सुरत बहादुर रावलले नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेस गरी सेवामा बहाल रहेकोमा उनीविरुद्ध विशेष अदालतमा आरोपपत्र दायर भएकाले निलम्बनमा राख्न आग्रह गरेको आयोगका सहायक प्रवक्ता वेदप्रसाद भण्डारीले जानकारी दिए।

प्रतिक्रिया