सुर्खेतमा बढ्दो अघोषित लोडसेडिङ, नागरिकको आक्रोश बढ्दो

सुर्खेतमा बढ्दो अघोषित लोडसेडिङ, नागरिकको आक्रोश बढ्दो

सुर्खेत : कर्णाली प्रदेशको राजधानी सुर्खेतमा बढ्दो अघोषित लोडसेडिङ र अनियमित विद्युतप्रति नागरिकको आक्रोश बढेको छ । पछिल्लो एकसाता यता वीरेन्द्रनगरमा गर्मी बढ्दा विद्युत भने आउने र जाने क्रम बढेपछि नागरिकमा आक्रोश बढेको हो ।

केही समयपहिले सामान्य जनस्तरमा यस किसिमको गुनासो बढेपनि पछिल्लो समय सरकारी, निजी क्षेत्रका उद्योगी, व्यवसायी, पत्रकार र सरोकारवालाबीच नै आक्रोश बढेको हो ।

आक्रोशित वीरेन्द्रनगरबासीले नेपाल विद्युत प्राधिकरण सुर्खेत शाखा, मुख्यमन्त्री कार्यालय र वीरेन्द्रनगर नगरपालिकाका जनप्रतिनिधिको चर्को आलोचना गर्दै आएका छन् ।

प्राधिकरणका कर्मचारी र सुर्खेतका केही व्यापारीबीच मिलेमतो भएर विद्युतको भोल्टेज घटाउने, पटक पटक लाइन काट्ने, झ्याप्प झयाप्प बत्ती जाने समस्या रहेको स्थानीयको आशंका छ । तर प्राधिकरणका कर्मचारी भने पुरानो पोल र निकुञ्जबाट लाइन ल्याउँदा अवरोध भएकाले बत्ती जाने समस्या रहेको बताउँदै आएका छन् ।

प्रतिक्रिया