नौमुले गाउँपालिकामा विद्युत परिक्षण प्रशारण सुरु

नौमुले गाउँपालिकामा विद्युत परिक्षण प्रशारण सुरु

दैलेख : दैलेखको नौमुले गाउँपालिकामा विद्युत परिक्षण प्रसारण सुरु हुने भएको छ । यही जेठ २८ गते देखि लाइन टेष्टिङ तथा चार्जिङ कार्य प्रारम्भ हुने भएको हो ।

नवनिर्वाचित गाउँपालिका अध्यक्ष छविराम सुवेदीको पहलमा सामुदायिक ग्रामीण विद्युतिकरण विभाग नेपाल बिद्युत प्राधिकरण र रेणु कन्स्ट्रक्सन कम्पनी प्रालि बिच भएको ग्रामीण बिद्युतिकरण कार्यको ठेक्का सम्झौता अनुसार नौमुले गाउँपालिकामा जेठ २८ गतेदेखि विद्युत परिक्षण प्रसारण सुरु हुने भएको छ ।

गाउँपालिको वडा नं -२ वालुवाटार, वडा नं -३ द्वारी, वडा नं -४ कालिका, वडा नं -५ सालकोट, वडा नं- ६ र -७ को सल्लेरी, पैंटी र कोयाचौर लगायतका स्थानमा निर्माण सम्पन्न भएका विद्युतिय संरचनाहरुमा टेष्टिङ तथा चार्जिङ कार्य प्रारम्भ हुने भएकाले ११ के.भि. प्रसारण लाइन तथा ०.४ के.भि.बितरण लाइनका पोलहरु, स्टेसेट एवं टान्स्फर्मर नछुन तथा नजिक नजान नेपाल विद्युत प्राधिकरण दैलेख बितरण केन्द्रले सर्वसाधारणलाई अनुरोध समेत गरेको छ ।

नौमुले गाउँपालिका अध्यक्षमा निर्वाचित भएपछि छविराम सुवेदीले बिद्युत, सडक र शिक्षालाई पहिलो प्राथमिकता राखेर कामहरु अगाडि बढाइरहेको माओवादी केन्द्र जिल्ला नेता ताराकेशर अधिकारीले बताए ।

प्रतिक्रिया