जिसस दैलेखको निर्वाचन : मतदान सकियो, मत गणना केहिबेरमा

जिसस दैलेखको निर्वाचन : मतदान सकियो, मत गणना केहिबेरमा

दैलेख : जिल्ला समन्वय समिति दैलेखको निर्वाचन अन्तरगर्त मतदान सकिएको छ । कर्णाली प्रदेशमा सबै भन्दा धेरै ११ वटा पालिकाका २२ जना प्रमुख तथा उपप्रमुख मतदाता छन् । जिल्ला समन्वय समिति निर्वाचनका लागि एमालेका १०, नेपाली काँग्रेसका नौ, माओवादी केन्द्रका दुई र समाजवादीका एक जना मतदाता छन् ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार २२ मत खसेको छ । मुख्य निर्वाचन अधिकृत दण्डपाणि लामिछानेले मतदानको कार्यक्रम सकिएको र केहि बेरमा मत गणना सुरु हुने बताए ।

जिल्ला समन्वय समितिको प्रमुखमा सत्ता गठबन्धन दलहरु नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादी पार्टीको तर्फबाट काँग्रेसकी दुर्गा कुमारी श्रेष्ठको उम्मेदवारी छ । प्रमुखमा नमराज शाहीको स्वतन्त्र उम्मेदवारी छ । उपप्रमुखमा सत्ता गठबन्धनबाट एकीकृत समाजवादीकी शान्ति शाही र एमालेका केशवबहादुर शाहीबीच प्रतिस्पर्धा भएको छ ।

प्रतिक्रिया