खानेपानी उपभोक्तालाई फिल्टर वितरण

खानेपानी उपभोक्तालाई फिल्टर वितरण

दैलेख : जिल्लाको महाबु गाउँपालिका–६ टाकुरीमा सञ्चालित काप्रेखोला चुदारा खानेपानी तथा सरसफाई योजनाका उपभोक्तालाई फिल्टर वितरण गरिएको छ । हेल्भेटास नेपाल र महाबु गाउँपालिकाको आर्थिक सहयोग तथा सामाजिक सेवा केन्द्र (सोसेक) नेपालको सामाजिक तथा प्राविधिक सहजिकरणमा सञ्चालित एकीकृत जलस्रोत व्यवस्थापन कार्यक्रम मार्फत सञ्चालनमा रहेको उक्त योजनाका उपभोक्तालाई फिल्टर उपलब्ध गराईएको हो ।

२३ औँ राष्ट्रिय सरसफाई सप्ताहको अबसरमा उपभोक्ताहरुलाई फिल्टर वितरण गरिएको हो । उपभोक्ताहरुको सहभागितामा आयोजित एक कार्यक्रममा साबुन पानीले हात धुन सिकाउनुका साथै ६४ वटा फिल्टर वितरण गरिएको एकीकृत जलस्रोत व्यवस्थापन कार्यक्रमका सामुदायिक सहजकर्ता निर्मला नेपालीले बताइन् । योजना समितिले खरिद गरेर उपभोक्ताहरुलाई फिल्टर वितरण गरेको नेपालीले जानकारी दिइन् ।

 

प्रतिक्रिया