राष्ट्रिय युवा परिषद् दैलेखकाे अध्यक्षमा हिक्मतबहादुर शाही

राष्ट्रिय युवा परिषद् दैलेखकाे अध्यक्षमा हिक्मतबहादुर शाही

काठमाडौं : राष्ट्रिय युवा परिषद्ले विभिन्न १३ जिल्ला युवा समितिका अध्यक्ष नियुक्त गरेको छ । जेठ १६ गते राष्ट्रिय युवा परिषद्का अध्यक्षसमेत रहेका युवा तथा खेलकुदमन्त्री महेश्वर गहतराजको अध्यक्षतामा बसेको परिषद्को बैठकले १३ जिल्ला अध्यक्ष नियुक्त गर्ने निर्णय गरेको थियो ।

राष्ट्रिय युवा परिषद् ऐन २०७२ को दफा ११ बमोजिम गठन भएका जिल्ला युवा समिति अन्तर्गत विभिन्न कारणले खाली भएका जिल्लामा परिषद् ऐनको दफा ११ को उपदफा २ (क) बमोजिम अध्यक्ष नियुक्त गरिएको हो ।

नियुक्त भएका जिल्ला समिति अध्यक्षलाई परिषद्ले शुक्रवार युवा तथा खेलकुद मन्त्रालयमा बोलाएर १३ जनालाई नै पद तथा गोपनीयताको शपथ ग्रहण पनि गराएको छ । परिषद्का अध्यक्ष एव युवा तथा खेलकुदमन्त्री गहतराजले उनीहरूलाई पद तथा गोपनीयताको शपथ गराएका हुन् ।

कुन जिल्लाको अध्यक्षमा को नियुक्त ?

हिक्मतबहादुर शाही–दैलेख

सुजन राई–सोलुखुम्बु

पासाङ निमु शेर्पा–संखुवासभा

चेतप्रसाद बोलखे–रौतहट

टिका भुर्तेल–नवलपुर

सुजन लिम्बु–ताप्लेजुङ

समिक शेरचन–मुस्ताङ

युवराज दाहाल–झापा

आविष्कार क्षेत्री–स्याङ्जा

भक्तबहादुर थापा–बर्दिया

नवराज कार्की–मुगु

सञ्जयकुमार दास–सप्तरी

चक्रबहादुर रावल–जुम्ला

प्रतिक्रिया