मुगुमा पहिलो पटक ५ जना महिलासहित ५० जना जवानको लागि आर्मी भर्ना सुरु

मुगुमा पहिलो पटक ५ जना महिलासहित ५० जना जवानको लागि आर्मी भर्ना सुरु

मुगु : जिल्लामा पहिलो पटक सैनिक भर्ना खुलेको छ । रारा राष्ट्रिय निकुञ्जमा रहेको श्रीबक्स गुल्म र गमगढीस्थित नन्दबक्स गुल्मले पहिलो पटक ५ जना महिलासहित ५० जना जवानको लागि आर्मी भर्ना सुरु गरेपछि युवाहरुको भीड लागेको छ ।

सैनिक भर्नाको लागि ५१ जना महिलासहित २ सय ८१ जनाको आवेदन परेको नन्दबक्स गुल्मका सेनानी प्रवेश लिम्बूले बताए ।

उक्त आर्मी भर्ना हुन जिल्लाभित्र तथा हुम्ला, जुम्ला, बाजुरा, बर्दिया, दैलेख सुर्खेत बाट युवाहरु आएको सेनानी लिम्बुको भनाई छ । शारीरिक परीक्षण प्रारम्भिक मेडिकल सकेर लिखित परीक्षाको लागि लोक सेवा आयोगको जिम्मा दिइने नन्दबक्स गुल्मले जनाएको छ ।

मुगुमा लोकसेवा आयोग परीक्षाको लागि आयोगसँग फलफल परामर्श भइरहेको प्रमुख जिल्ला अधिकारी रोमबहादुर महतले बताए । सकभर यो वर्षमै यो जिल्लामा आयोगको परिक्षा केन्द्र निर्धारण हुन्छ,उनले भने ।

जिल्लामै सैनिक भर्ना प्रहरी भर्ना तथा लोकसेवा आयोगको परीक्षा केन्द्र तोक्न सकियो भने मुगुकै गरिब बेरोजगारी युवायुवतीले बढी रोजगारको अवसर पाउने छन् ।

प्रतिक्रिया