हरेक नागरिकले इमानदारीपूर्वक कर्तव्य पालना गरे मानव अधिकारको संरक्षण हुन्छ : मुख्यमन्त्री शाही

हरेक नागरिकले इमानदारीपूर्वक कर्तव्य पालना गरे मानव अधिकारको संरक्षण हुन्छ : मुख्यमन्त्री शाही

सुर्खेत : कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले राज्यका निकायसँगै हरेक नागरिकले इमानदारीपूर्वक कर्तव्य पालना गर्न सके मानव अधिकारको संरक्षण हुने बताएका छन् ।

राष्ट्रिय मानव अधिकार आयोगद्धारा आइतबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित कर्णालीमा मानव अधिकारको अवस्था विषयक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै यस्तो बताएका हुन् ।

मुख्यमन्त्री शाहीले मानव अधिकारको संरक्षण गर्नु सबैको दायित्व भएको बताए उने भने, ‘आफ्नो अधिकार प्रयोग गर्दा अर्काको अधिकार हनन् भएकोतर्फ सचेत बन्नुपर्छ । साथै संविधानमा सबैको हक अधिकारको पालनाका लागि राज्य, निजी क्षेत्र, नागरिक समाज सबैले आ–आफ्नो क्षेत्रबाट सकारात्मक योगदान पु¥याउनु पर्छ ।’

यस्तै, मुख्यमन्त्री शाहीले व्यवसायीले महँगी, कालोबजारी गर्ने, कानुन व्यवसायीले पैसाबिना गरिबको पक्षमा वकालत नगर्ने, युवा विद्यार्थीले प्रहरी कुट्ने हो भने मानव अधिकारको संरक्षण कसले गर्ने भन्दै प्रश्न गरे । मुख्यमन्त्री शाहीले भने, ‘सबैले प्रश्न सरकार, राज्यतिर तेर्साउने होइन, हामी आफूले समाजप्रति उत्तरदायी भई असल नागरिकको पहिचान बनाउन सक्यौँ, त्यो महत्त्वपूर्ण हो ।’

यस्तै, कर्णाली प्रदेश सरकारका मुख्य न्यायाधिवक्ता ध्रुवकुमार श्रेष्ठले कर्णालीमा रोग, भोक, गरिबी नै मानव अधिकार संरक्षणमा चुनौती रहेको उल्लेख गरे ।

त्यस्तै, सुर्खेत उद्योग वाणिज्य संघका अध्यक्ष लक्ष्मण कँडेलले उद्योग, व्यवसाय क्षेत्रबाट आम उपभोक्ताको अधिकार संरक्षण एवं मानव अधिकारको प्रवर्द्धनमा सहयोग रहने प्रतिबद्धता जाहेर गरे । आयोगले आइतबारदेखि वीरेन्द्रनगरमा सम्पर्क कार्यालय पनि सञ्चालनमा ल्याएको छ ।

 

प्रतिक्रिया