जिल्ला समन्वय समिति सल्यानको प्रमुखमा कांग्रेसका बेलाराम रावल विजयी

जिल्ला समन्वय समिति सल्यानको प्रमुखमा कांग्रेसका बेलाराम रावल विजयी

सल्यान : जिल्ला समन्वय समिति जिल्ला समन्वय समिति सल्यानको प्रमुखमा कांग्रेसका बेलाराम रावल विजयी भएका छन् । निर्वाचनमा गठबन्धनको प्यानल विजयी भएको छ । आइतबार खलङ्गामा सम्पन्न निर्वाचनबाट प्रमुखमा कांग्रेसका तर्फबाट बेलाराम रावल र उपप्रमुखमा माओवादी केन्द्रको तर्फबाट असबिर बुढाथोकी निर्वाचित भएका छन् ।

समन्वय समिति सल्यानको निर्वाचनमा नेपाली कांग्रेस नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी बिच गठबन्धन भएको थियो

कांग्रेसको तर्फबाट प्रमुखमा वेलाराम रावत १५ मत ल्याएर निर्वाचित भएका हुन भने उपप्रमुखमा असविर वुढाथोकले १४ मत ल्याएका छन् । निकटतम प्रतिद्वन्द्वी एमालेकी नारायणी खत्रीले प्रमुखमा ५ र उपप्रमुखमा बेल बहादुर चन्दले पनि समान ५ मत ल्याएका थिए

सदस्यमा गठबन्धनको तर्फबाट चेत बहादुर गिरीले १५,वाल कृष्ण भण्डारीले १५,हरीलालखत्रीले १५ मतप्राप्त गरी निर्वाचित भएका छन् यस्तै महिला सदस्यहरूमा विन्दु पुनले १४,विमलाकुमारी खत्रीले १४,हिरा कुमारी चन्दले १५ मतप्राप्त गरी निर्वाचित भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । दलित अल्पसङ्ख्यक सदस्यमा जमुना विकले १४ मतप्राप्त गरी निर्वाचित हुनु भएको छ ।

यस्तै नेकपा एमालेको तर्फबाट सदस्यमा डुम बहादुर खत्रीले ५ ढक बहादुर रावलले ५ महिला सदस्यमा होम कुमारी बुढा मगरले ५ दलित वा अल्पसङ्ख्यक तर्फ विष्णु वली राजीले ५ मतप्राप्त गरेका छन् ।

२० मतदाता रहेको सल्यानमा नेपाली कांग्रेस ८, नेकपा माओवादी केन्द्रको ६ , नेकपा एमाले ५ र एकीकृत समाजवादी १ मतदाता रहेका थिए ।

प्रतिक्रिया