गुराँस गाउँपालिकाले भन्यो ‘असार १५ भित्र कार्यसम्पन्न गरी भुक्तानीका लागि कागजात पेश गर्नु’

गुराँस गाउँपालिकाले भन्यो ‘असार १५ भित्र कार्यसम्पन्न गरी भुक्तानीका लागि कागजात पेश गर्नु’

दैलेख : जिल्लाको गुराँस गाउँपालिकाले समयमै कार्यसम्पन्न गरी भुक्तानीका लागि रित पूर्वक कागजात पेश गर्न भन्दै सूचना जारी गरेको छ । गाउँपालिकाले चालु आर्थिक बर्षमा सञ्चालित सम्पूर्ण योजना तथा कार्यक्रमहरुको २०७९ असार १५ गतेभित्र कार्य सम्पन्न गरी भुक्तानीका लागि रित पूर्वक कागजात पेश गर्न अनुरोध गरेको हो ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत र लेखा अधिकृत दिनेश दाहालद्धारा हस्ताक्षरित सूचनामा निर्धारित मिति भन्दा पछि पेश हुन आएका कागजातहरुको भुक्तानीका लागि कुनै कारबाही अघि नबढि भुक्तानी हुन नसकेमा सरोकारवाला स्वंयम जिम्मेवार हुनुपर्ने उल्लेख छ । बाध्यकारी कानूनी व्यवस्था परिपालना गर्नुपर्ने भएकाले तोकिएको समय सिमाभित्र रित पूर्वक कागजात पेश हुन नआएमा सरोकारवाला स्वंयम जिम्मेवार हुने लेखा अधिकृत दाहालले बताए ।

यस्तो छ गाउँपालिकाले जारी गरेको सूचना ।

 

 

प्रतिक्रिया