ढुङ्गाको कापबाट निस्केका ‘छक्क’ भन्छन् ‘सिटामोल नपाउने ठाउँमा गएर सेवा गर्छु’

ढुङ्गाको कापबाट निस्केका ‘छक्क’ भन्छन् ‘सिटामोल नपाउने ठाउँमा गएर सेवा गर्छु’

सुर्खेत : ‘भनिन्छ जहाँ इच्छा त्यहाँ उपाय’ । कतिपयले कुनै काम गर्न भाग्यले ठग्यो भन्ने गर्छन । तर, त्यसो होइन । कुनै पनि काम गर्न मनदेखि नै इच्छाशक्ति हुनुपर्छ । अनि मात्र उपाय निस्किन्छ । यो भनाई उनै छक्कको हो । जस्तो नाम उस्तै काम ।

नाम छक्क जस्तै सबैलाई छक्क पारेका छन् । सामान्य जीवनशैली सरल व्यवहारका खानी छक्क ढुङ्गाको कापबाट निस्केको पीपलजस्तै हुन् । जसरी ढुङ्गाको कापबाट पीपल आउन विभिन्न संघर्ष गर्नुपर्छ त्यस्तै संघर्ष उनले गरेका छन् । कर्णाली प्रदेशको अति दुर्गम मानिने हिमाली जिल्ला हुम्ला । हुम्लाको पनि दुर्गम ठाउँ सर्केगाड गाउँपालिका–४ दुलीका छक्क थापा २५ वर्षका भए । कक्षा १ देखि एसएलसीसम्म गाउँमै पढे । गाउँमा हुँदा पनि निकै मेहनतक साथ पढ्ने गर्थे ।

अभावै अभाव र विकटताको भुँमरीमा पनि २०६८ मा एसएलसी दिएका थिए । उनको पढ्ने समयमा न त बत्ति थियो नत कुनै टर्च लाइट नै थियो । रातभर दियालो, झोरो, टुकी बालेर रात कटाउने गरेको उनको मानसपटलमा ताजै छ । अभावमा पनि उनी निकै मेहनतसाथ पढ्थे । उनको बाल्यकाल पनि हुम्लामै उकाली ओराली गर्दै हुम्लाको सर्केगाड ४ दुल्लीमै बित्यो । पठाईमा निकै चासो र मेहनत गर्ने उनको मेहनतले कक्षा १ देखि १० सम्म निरन्तर प्रथम र द्धितियभन्दा तल झरेन् । एसएलसीमा पनि प्रथम श्रेणीमा उर्तिण भएको उनी बताउँछन् ।

छक्क थापा कक्षामा मेहनत गरेर पढ्दा घरको र विद्यालयको निकै प्यारो बनेका थिए । गाउँमै उकाली ओराली गर्दै गाउँमै पढे । कर्णालीको अत्यन्तै दुर्गम मानिने हुम्ला । जहाँ अहिले पनि थुप्रै समस्याका बिच हुम्लीबासी जसोतसो दिन काटिरहेका छन् । अभाव र संघर्षबाट खारिएका छक्क सानैबाट निकै मेहनती र लगनशील थिए । उनै छक्कले अहिले सबैलाई छक्क पारे । उनले वीपी प्रतिष्ठान मेमोरीयल कलेज धरानबाट एमबीबीएस पास गरेका छन् ।

हुम्लादेखि सपनाको सहर काठमाडौँसम्मको यात्रा

गाउँमै मिठो मसिनो खाएर गाउँमै पढे बढेका छक्क हुम्ला देखि काठमाडौँसम्मको यात्रा निकै संघर्षदायी छ । कहिलेही शहरको नाकमुख र सहरका मोटरगाडी नदेखेका छक्कलाई सानैमा काठमाडौँ जाने ठुलो इच्छा थियो । सहरका ठुल्ठुला घरहरु, अनि मोटर गाडीको उनी कल्पना गरेर अघाउदैनथे । सपनाको सहर गएर कहिले ठुलो मान्छे बनेर आफ्नै ठाउँमा कहिले फर्कन पाइएला भनेर सोचमग्न हुन्थे । उनीसँग सोच्न बाहेक अरु कुनै उपाय थिएन । घरको आर्थिक अवस्था कमजोर थियो ।

डाक्टर पढ्नलाई छक्कलाई त्यति सजिलो भने थिएन । थापालाई डाक्टर पढ्न फलामको चिउरा चपाउनु जत्तिकै थियो । तर, पनि विद्यालय र घरमा उनी सबैको प्यारो थिए । ‘खाने मुखलाई जुँगाले छेक्दैन भनेजस्तै’ । एक दिन उनको पनि सपनाको सहर पुग्ने पालो आयो । उनको सोचसँगै सपनाको सहरले पनि उनको खोज ग¥यो । सपनाको सहरले अन्ततः उनलाई सहरमा पु¥याउने जमर्को ग¥यो ।

हुम्ला देखि घर वरपरका छरछिमेकले सय, हजार सक्नेजति सहयोग जुटाएर छक्क हुम्ला देखि १६ वर्षको उमेरमा हुम्ला देखि पैदल यात्रा गर्दै सुर्खेत पुगे । सुर्खेतदेखि बसमा काठमाडौँ पुगेको उनी बताउँछन् । हुम्ला हुँदा न त कुनै गाडी मोटर देखेको थिए,’ उनले भने, ‘पहिलो पटक मेरा लागि सबै नयाँ थियो । तर, पनि विभिन्न आरोह अवरोह झेल्दै यो स्थानसम्म पुगे ।’

‘हुम्लाको सर्केगाड ४ का दुलीका छरछिमेकले सहयोग जुटाएर बिदाई गर्दा नै यति धेरै जनाको माया पाएको छु, मैले डाक्टर बनेर यो ठाउँमा आउनुपर्छ भन्ने अठोटका साथ हुम्ला हुँदै काठमाडौँ पुगेको हुँ,’ उनले भने ।

काठमाडौँ पुग्दा आर्थिक समस्या

गाउँ वरपरका छरछिमेकले जोरजार गर्दै छक्क हुम्ला देखि काठमाडौँ त पुगे । तर गाउँमा जस्तै सपनाको सहरमा सबैजना गाउँमा जस्तै मनकारी भने थिएनन् । काठमाडौँ पुग्न जति सजिलो छ । त्यति सजिलो छैन काठमाडौँ पुगेर पढ्न । बेला बेला आर्थिक समस्या झेल्नु पथ्र्यो । कहिले त आर्थिक समस्याका कारण पढाईलाई बिचैमा छोडौँ लाग्ने गथ्र्यो । तर पनि हुम्लाबासीको दुःख समस्या देखेर कति पनि बिचल्लित भने भएनन् ।

बिरानो ठाउँ अपरिचित अनुहार बिच पनि रम्न रमाउन सिके । पढाइ खर्च जुटाउनको लागि दिनरात भौँतारिदै पढाइ खर्चको लागि जागिर खोज्दै हिडे । लामो प्रयासपछि अन्तः एउटा एनजिओमा काम पाए । दिउँसो एनजिओका काम र साँचदेखि बिहान पढ्ने समय निकाल्दै यहाँ सम्म पुगेको उनी बताउँछन् । दिनभरि काम गर्थे,’उनले भने,‘दिउँसो काम गरेर थाकेको शरिरलाई साँझ प्रयोग गर्दै बिहान उज्याले हुन्जेलसम्म पढ्दै अहिले यहाँसम्म पुगे ।’
छक्कको आगामी लक्ष्य
अभाव र बिकटमा हुर्के बढेका छक्क थापाको लक्ष्य उद्देश्य भनेको आफ्नै दुर्गम हुम्लाबासीका पीडाहरुमा मलम लगाउने रहेको छ । विभिन्न रुपले बिकट रहेको हुम्लाबासीका चर्केका घाउहरुमा पलम लगाउदै दुर्गमलाई सुगम बनाउने लक्ष्य भएको उनी बताउँछन् । हुम्लालाई दुर्गम मानेर अहिले कोही डाक्टर जान चाहदैनन्,’उनले भने, ‘अब मेरो एउटै लक्ष्य र उद्धेश्य भनेको हुम्लामै बसेर हुम्लीबासीको चर्केको घाउमा मलम लगाउने सेवा गर्नु ।’

हुम्लीबासीको घाउमा मलम लगाउन डाक्टर पढेँ

हुम्ला कर्णाली प्रदेशमा पर्ने अत्यन्तै दुर्गम हिमाली, जिल्ला हो । हुम्लीबासीले नत राम्रोसँग सिटामोल पाउँछन् । नत कुनै अन्य औषधी । यहाँका मानिसहरु अहिले पनि अभावै अभावमा बाचेका छन् । अहिले पनि राम्रोसँग सिटामोल दिने मान्छे छैन । त्यही दुर्गम ठाउँमा सिटामोल दिने मान्छे नहुँदा मेरो ठाउँमा डाक्टर बनेर जानुपर्छ भन्ने सोचले एमबीबीएस पढेको थापा बताउँछन् । उनी भन्छन्,‘अहिले पनि मेरा हुम्लीबासी आमाबुबाले सिटामोल दिने मान्छे पाएका छैनन् । सबैले दुर्गम भनेर जान मान्दैनन् । मेरो स्वर्गजस्तो ठाउँमा म अब आफै डाक्टर बनेर पुग्छु ।’

प्रतिक्रिया