कालिकोटमा सुत्केरी हुन नसकेर गर्भवती महिलाको मृत्यु
कालिकोट : जिल्लाको खाडाचक्र नगरपालिकामा सुत्केरी हुन नसकेर गर्भवती महिलाको मृत्यु भएको छ । खाँडाचक्र नगरपालिका–५ की २८ वर्षीय पुन्नकली विक सुत्केरी हुन नसकेपछि शिशु र आमा दुबैको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कालिकोटले जनाएको छ ।
पुन्कलीलाई सुत्केरी व्यथा लागेपछि आफन्तले सोमबार जिल्ला अस्पताल कालिकोट ल्याएका थिए । पुन्नकलीको पाठेघरमा रगत जमेको र बच्चा समेत उल्टो बसेपछि दुबैको ज्यान बचाउन नसकिएको उपचारमा संलग्न जिल्ला अस्पताल प्रमुख डा. रत्नविर सुनारले बताए ।
पुन्नकलीलाई बचाउनको लागि प्रहरीले रगत दिएको तर बचाउन सकिएन डीएसपी सिद्धराज न्यौपानेले बताए । यसअघि पनि पुन्नकलीबाट जन्मिएका तीन बच्चा उल्टो अवस्थामा पेटमै मरेको जिल्ला प्रहरी कार्यालय कालिकोटले जनाएको छ ।
प्रतिक्रिया