जुम्लामा विपद् जोखिम रोकथामका लागि पूर्वअभ्यास

          |   प्रकाशित मितिः मङ्लबार, जेष्ठ ३१, २०७९     ::: 71 पटक पढिएको   |  

जुम्ला : हिमाली जिल्ला जुम्लामा विपद्का घटना घट्ने याम सुरुभएसँगै रोकथामका लागि पूर्वअभ्यास गरिएको छ । यहाँको चन्दननाथ नगरपालिकामा विपद्बाट जोगिनका लागि पूर्वतयारीको व्यावहारिक अभ्यास गरिएको छ ।

सुरक्षाकर्मीले बाढीपहिरो आएको बेला बच्ने, भिरबाट लड्दा उद्धार गर्नेदेखि ग्यास सिलिन्डरमा आगो लाग्दा निभाउने तरिकासम्म प्रदर्शन गरेको प्रमुख जिल्ला अधिकारी विजयाकुमारी प्रसाईंले बताइन् ।

जिल्ला प्रशासन कार्यालयको संयोजकत्वमा नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीले संयुक्त रुपमा चन्दननाथ नगरपालिका- १ स्थित तिला नदी र आसपासको भिरमा व्यावहारिक अभ्यास गरेको प्रशासनले जनाएको छ ।

जिल्ला सुरक्षा समितिका प्रमुख तथा प्रमुख जिल्ला अधिकारी प्रसाईंले विपद् र प्रकोपका घटना हुन नदिन र भइहालेमा जोगिनका लागि व्यावहारिक अभ्यास गरेर सिकाइएको बताए ।

सुरक्षाकर्मीले भिरबाट खसेको व्यक्तिलाई डोरीको माध्यमबाट उद्धार गर्नेदेखी नदीमा बगेको वस्तुलाई डोरी लगाएर बाहिर निकालेको र ग्यासमा लागेको आगो निभाएको बारेमा व्यावहारिक अभ्यास गरिएको थियो ।



Leave a comment

Your email address will not be published.


*