दैलेखमा खाद्य तथा पोषण सुरक्षा योजना निर्माणका लागि सुझाव संकलन

दैलेखमा खाद्य तथा पोषण सुरक्षा योजना निर्माणका लागि सुझाव संकलन

सुर्खेत : दैलेखको नारायण नगरपालिकाले खाद्य तथा पोषण सुरक्षा योजना निर्माणका लागि सुझाव संकलन गरेको छ ।

नगरपालिकाले खाद्य तथा पोषण सुरक्षा योजना निर्माणको लागि सरोकारवालाहरुसँग सुझाव तथा सुचना संकलनको काम सुरु गरेको हो ।

नारायण नगरपालिका दैलेख र फियान नेपालको आयोजनामा सुझाव तथा सुचना संकलन गर्न सुरु गरिएको फियान नेपालका क्षमता विकास तथा ओकालत अधिकृत प्रकाश मिघिले बताए ।

मंगलबार नारायण नगरपालिका दैलेखमा विभिन्न शाखाका प्रमुख, नारायण नगरपालिका भित्रका जनप्रतिनिधि, पत्रकार , नागरिक समाजसँग खाद्य तथा पोषण सुरक्षा योजना निर्माणको लागि अन्तक्रिया गरिएको जानकारी दिए ।

यस्तै नगरपालिकालाइ समृद्ध बनाउनको लागि र खाद्य अधिकार प्रर्बद्धनका लागि सम्पुर्ण नगरवासी मिलेर काम गर्नुपर्ने नारायण नगरपालिका मेयर लोमन शर्मा बताउँछन् । नगरप्रमुख शर्माले नगरपालिकामा खाद्य सुरक्षा र खाद्य अधिकार सुनिश्चित गर्नका लागि सम्झौता अनुसार काम गर्नुपर्नेमा जोड दिए ।

पालिकाले खाद्य तथा पोषण सुरक्षा रणनैतिक योजना तर्जुमाका लागि कार्यशाला आयोजना गरिएको हो’,उनले भने, ‘खाद्य तथा पोषण सुरक्षा योजना निर्माण देखिएको समस्या, चुनौती र कार्ययोजना निर्माण गर्दै आगामी दिनमा अघि बढ्न नगरपालिकाको तर्फबाट आवश्यक सहयोगको लागि तयार छु ।’

प्रतिक्रिया