हुम्लामा माध्यमिक विद्यालय स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

हुम्लामा माध्यमिक विद्यालय स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

हुम्ला : जिल्लाको सिमकोट गाउँपालिकाका माध्यमिक विद्यालय स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ । जिल्ला स्तरीय प्रतियोगिताका लागि खेलाडी छनौट गर्नका लागि सो प्रतियोगिता गाउँपालिकाले सञ्चालन गरेको हो ।

सिमकोट गाउँपालिकामा प्रतियोगिताको आयोजक मानसरोवर माविले गाउँपालिका स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुुरु भएको जनाएको छ । प्रतियोगिताको उद्घाटन जिल्ला समन्वय समितिका प्रमुख दानबहादुुर रावतले गरेका थिए ।  धुलाम्मे खेल मैदानमा प्रतियोगिता सुुरु भएको छ । गाउँपालिकाका सात वटा मानसरोवर, बालमन्दिर, रलिङ, रामदेव, कैलाश, कर्णाली र सैपाल माविका बिच प्रतियोगिता सुुरु भएको हो ।

फिल्ड र ट्रयाक गरि १५ वटा विधामा तीन दिनसम्म प्रतियोगिता सञ्चालन हुनेछ । यसका लागि सातवटै माविका गरि डेढ सय भन्दा बढी खेलाडीहरुले सहभागीतान जनाएका छन् ।

धुलाम्मे मैदान भएको कारण दिउसो पछिका खेल सञ्चालनमा भने समस्या हुने खेल आयोजकले जनाएको छ । प्रतियोगिता छात्र र छात्रातर्फ सञ्चालन हुनेछन् । उद्घाटन सत्रमा जिल्ला समन्वय प्रमुख रावत, सिमकोट गाउँपालिकाको अध्यक्ष बिजय भण्डारी, उपाध्यक्ष शुुशिला भाम रोकाया लगाएको उपस्थिती रहेको थियो ।

यता खार्पुनाथ गाउँपालिका स्तरीय उक्त प्रतियोगिता पनि सुुरु भएको छ । उक्त गाउँपालिका पाँच वटा माविबिच प्रतिश्प्रर्धा हुने भएको हो । उक्त गाउँपालिकामा पनि तीन दिनसम्म प्रतियोगिता सञ्चालन हुनेछ ।

दुुवै गाउँपालिकामा विद्यालय स्तरमा प्रतिश्प्रर्धा भएर छनौट भएका खेलाडीले आगामी असार नौ देखि ११ गतेसम्म सञ्चालन हुने जिल्ला स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी जनाउने छन् ।

प्रतिक्रिया