गुनासो सुन्न चामुण्डाविन्द्रासैनी नगरमा टोल फ्रि नम्बर

गुनासो सुन्न चामुण्डाविन्द्रासैनी नगरमा टोल फ्रि नम्बर

दैलेख : दैलेखको चामुण्डाविन्द्रासैनी नगरपालिकाले निशुल्क टोल फ्रि नम्बर संचालनमा ल्याएको छ । नगरपालिकाका नगरप्रमुख गणेश कुमार शाहीले पदभारग्रहण गर्ने क्रममा नगरमा टोल फ्रि नम्बर सञ्चालनमा ल्याउने पहिलो निर्णय गरेका थिए । सोहि निर्णय अनुसार नेपाल टेलिकमबाट प्राप्त १६६००१८२२२२ नम्बरको टोल फ्रि नम्बर बुधवारबाट सञ्चालनमा आएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मणिराम खनालले जानकारी दिए ।

स्थानीय सरकार सञ्चालनमा सल्लाह सुझाव जिंज्ञासा गुनासो तथा समस्या भएमा सिधै निशुल्क टोल फ्रि नम्बरमा सम्पर्क गर्न नगरप्रमुख शाहीले अपिल समेत गरेका छन् । गतिशिलता, पारदर्शीता, जवफदेहीता सुशासनका लागि पहिलो निर्णय अनुरुप निशुल्क टोल फ्री नम्बर संचालनमा ल्याईएको उनले बताए । स्थानीय तहको बिकास र समृद्धिका बिषयमा हातेमालो गर्नुका साथै जनताका समस्या र गुनासो सम्बोधनका लागि लागि १६६००१८२२२२ मा सम्पर्क गरि सहयोग गर्न नगरप्रमुख शाहीले आग्रह गरेका छन् ।

प्रतिक्रिया