बाल विकास केन्द्रका शिक्षकहरुलाई अभिमुखिकरण

बाल विकास केन्द्रका शिक्षकहरुलाई अभिमुखिकरण

दैलेख : जिल्लाको ठाटीकाँध गाउँपालिकामा प्रारम्भिक कक्षा पठन गणित सिप परीक्षण सम्बन्धी एक दिने अभिमुखिकरण सम्पन्न भएको छ । सोसेक नेपालद्धारा आयोजित अभिमुखिकरणमा ३३ वटा बाल विकास केन्द्रका शिक्षकहरु सहभागि थिए । गाउँपालिका स्थित प्रारम्भिक तहका शिक्षकहरुका लागि प्रारम्भीक कक्षा पठन गणित सिप सम्बन्धि १ दिने अभिमूखिकरण कार्यक्रम आयोजना गरिएको थियो ।

ठाटीकाँध गाउँपालिकामा एईआएन लक्जेम्बर्गको आर्थिक सहयोगमा सोसेक नेपालमार्फत गुणस्तरिय शिक्षा अभिबृद्धि, स्वास्थ्य र जीविकोपार्जन सहयोग कार्यक्रम (सहकार्य) सञ्चालित छ । परियोजना अन्र्तरगत आयोजित अभिमूखिकरणमा ३३ वटा बाल विकास केन्द्रमा कार्यरत शिक्षकहरुको सहभागिता रहेको थियो । अभिमूखिकरणकोे सहजिकरण एलिजा तुलाधरले गरेको परियोजना संयोजक जीबराज रेग्मीले जानकारी दिए ।

गाउँपालिका शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख नेत्र बहादुर थापाले विद्यालयको प्रारम्भिक कक्षामा अध्ययरत बाल बालिकाको पठन सिप क्षमताको परिक्षण गरी सिप बढाउनका लागि यो कार्यक्रम प्रभावकारी हुने बताए । अभिमुखिकरणमा सहभागि शिक्षकहरुले उत्साहित भएका छन् । उनिहरूले विद्यालयमा गयर परिक्षण गरी नतिजा विश्लेषण गर्ने र त्यसकै आधारमा योजना बनाई क्षमता बढाउन प्रतिबद्धता समेत जनाएका छन् ।

प्रतिक्रिया