बैङ्किङ कसुरमा फरार प्रतिवादी प्रक्राउ

बैङ्किङ कसुरमा फरार प्रतिवादी प्रक्राउ

सल्यान : सल्यानको सारदा नगरपालिका १ का  फरार प्रतिवादी प्रक्राउशसिला शाही भण्डारीलाई बैङ्किङ कसुरमा प्रहरीले पक्राउ गरेको छ ।  आफ्नै घरमा लुकिछुपी बसी रहेको अवस्थामा जिल्लाको शारदा नगरपालिका १ स्थित श्रीनगरकी ३० वर्षीया शसिला शाही भण्डारीलाई प्रहरीले पक्राउ गरेको हो ।

उच्च अदालत तुलसीपुर नेपालगन्ज इजलासले २०७८/७/१७ गते बैकिंग कसुरमा ३ लाख ९३ हजार १ सय २ रुपैयाँ र पाँच दिनको कैद फैसला सुनाएको थियो ।

खोजतलास गर्ने क्रममा उनलाई घरबाटै पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी सन्तोष खनालले जानकारी दिए । उनलाई जिल्ला अदालत सल्यानमा पेस गरिएको खनालको भनाई छ ।

 

प्रतिक्रिया